फाइल फोटो
सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका पाल्पामा स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालयमा सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय भएको छ ।
आइतवार गाउपालिका शिक्षा समितिको वैठकले सवै विद्यालयहरुमा स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गर्दै मंसिर ८ देखि विद्यालयमा पठनपाठन संचालन गर्न सकिने गरी निर्णय गरेको हो । वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार अभिभावकहरुको सहमतिमा विद्यालय व्यवस्थापन समितिले वडा कार्यालयको शिफारिसमा विद्यालय संचालन गर्न सकिने व्यवस्था गरिएको छ । “हामीले गाउँपालिकाबाट पहिलोपटक थर्मोगन र स्यानिटाइजर सबै विद्यालयलाई प्रदान गछौं, अन्य मापदण्ड विद्यालयले नै पुरा गरेर संचालन गर्ने व्यवस्था गरेका छौं । ” अध्यक्ष बस्यालको भनाई छ । गाउँपालिकाले भनेको छ, विद्यालयले अनिवार्य सावुनपानी अथवा स्यानिटाइजरको व्यवस्था, अनिवार्य मास्कको प्रयोग, एक वेञ्चमा २ विद्यार्थी, ज्वरो मापन गर्नुपर्ने हुन्छ । त्यसैगरी रुघाखोकी लागेका विद्यार्थीलाई घरमै बस्न अनुरोध गर्ने, कोरोना पोजेटिभ देखएिका परिवारलाई विद्यालय नआउने, नजिकको स्वास्थ्य चौकी संग निरन्तर परामर्श गर्न भनिएको छ । विद्यालयमा पुर्व प्राथमिक तह, एल.के.जी. र यु.के.जीका वालवालिकाहरुलाई विद्यालयमा नवोलाउन तथा विद्यालयमा सिकाइ क्रियाकलाप वाहेकका अन्य क्रियाकलापहरु समेत अहिलेलाई नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ । विद्यालयको स्वास्थ्य मापदण्ड पालना भए नभएको सम्बँिधत वडाका जनप्रतिनिधि, राजनितिक दलहरु तथा शैक्षिक सरोकारवालाहरुबाट गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…