फाइल फोटो
सन्तोष गहतराज,पाल्पा । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका पाल्पामा स्वास्थ्यका मापदण्ड पालना गरी विद्यालयमा सिकाई क्रियाकलाप संचालन गर्ने निर्णय भएको छ ।
आइतवार गाउपालिका शिक्षा समितिको वैठकले सवै विद्यालयहरुमा स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गर्दै मंसिर ८ देखि विद्यालयमा पठनपाठन संचालन गर्न सकिने गरी निर्णय गरेको हो । वगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार अभिभावकहरुको सहमतिमा विद्यालय व्यवस्थापन समितिले वडा कार्यालयको शिफारिसमा विद्यालय संचालन गर्न सकिने व्यवस्था गरिएको छ । “हामीले गाउँपालिकाबाट पहिलोपटक थर्मोगन र स्यानिटाइजर सबै विद्यालयलाई प्रदान गछौं, अन्य मापदण्ड विद्यालयले नै पुरा गरेर संचालन गर्ने व्यवस्था गरेका छौं । ” अध्यक्ष बस्यालको भनाई छ । गाउँपालिकाले भनेको छ, विद्यालयले अनिवार्य सावुनपानी अथवा स्यानिटाइजरको व्यवस्था, अनिवार्य मास्कको प्रयोग, एक वेञ्चमा २ विद्यार्थी, ज्वरो मापन गर्नुपर्ने हुन्छ । त्यसैगरी रुघाखोकी लागेका विद्यार्थीलाई घरमै बस्न अनुरोध गर्ने, कोरोना पोजेटिभ देखएिका परिवारलाई विद्यालय नआउने, नजिकको स्वास्थ्य चौकी संग निरन्तर परामर्श गर्न भनिएको छ । विद्यालयमा पुर्व प्राथमिक तह, एल.के.जी. र यु.के.जीका वालवालिकाहरुलाई विद्यालयमा नवोलाउन तथा विद्यालयमा सिकाइ क्रियाकलाप वाहेकका अन्य क्रियाकलापहरु समेत अहिलेलाई नगर्न विद्यालयहरुलाई अनुरोध गरेको छ । विद्यालयको स्वास्थ्य मापदण्ड पालना भए नभएको सम्बँिधत वडाका जनप्रतिनिधि, राजनितिक दलहरु तथा शैक्षिक सरोकारवालाहरुबाट गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…