दुई वर्षदेखि मालिका हाते कागज बन्द

बझाङ। बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको सो उद्योग दिगो वनव्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तरराष्ट्रिय संस्था फरेस्ट स्टेवार्डसिपकाउन्सील (एफएससी)बाट प्रमाणित एशियाको पहिलोसामुदायिक उद्योग मानिन्छ

उद्योग बन्द भएपछि यहाँ रहेका संरचना उपकरण पनि अलपत्र परेका छन्   भवनको वरपर झार पलाएको गाउँबाट करिबतीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको भवनका काठ पनि स्थानीयले  लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरी समेत भत्किएको   कागज बनाउने  फ्रेम स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् लाखौँ मूल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) औजारमा खिया लागेका छन् भने औजारका महत्वपूर्ण पाटपुर्जा चोरीभएको स्थानीयले बताएका छन्

फोटो फाईल

यस्तै उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने काष्टिक सोडा नुरीलगायतकारसायनसमेत चोरी भएका छन् कुनैबेला स्थानीयको रोजगारीको केन्द्रका रुपमा रहेको हाते  उद्योगको घेरबार भत्किएर अहिले गौचरनमापरिणत भएको उद्योग भवनग्वाला, गोठालाको शौच गर्ने ठाउँमा परिणत उद्योग बन्द हुँदा झण्डै एक करोड बराबरको स्थानीयसमुदाय विभिन्न दातृ संस्थाको लगानी पनि खेर गएको विसं २०५६ मा साविक कैलाश गाविसका स्थानीय अन्तरराष्ट्रिय गैरसरकारी संस्था एन्साबको पहलमा सो उद्योगको स्थापना भएको थियो कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आबद्ध२५० परिवारको लगानी रहेको सो उद्योगलाई एन्साबले तत्कालीन समय पाँच लाख बराबरको उपकरण प्रविधिमा अनुदान सहयोगगरेको थियो

यसपछि उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण नवीनतम् प्रविधिका उपकरण खरिदगर्नका लागि विभिन्न सङ्घसंस्थाले रु एक करोड बराबरको सहयोग गरिसकेका छन् उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिकहिसाबलेसमेत पिछडिएको पिमिगाउँका स्थानियलाई उद्योगले ठुलो आर्थिक टेवादिएको थियो दिगो तरिकाले व्यवस्थापन गरेको वनपैदावार प्रयोग गरी सञ्चालनगरिएको एसिया कै पहिलो सामुदायिक उद्योगका रुपमा सो उद्योगलाईफरेस्ट स्टेवार्डसीपकाउन्सिल(एफएससी)’२०६४ सालमा प्रमाणीकरण गरेपछि यसको चर्चा विश्वभर भएको थियो सफल सामुदायिक उद्योगका रुपमा चर्चा पाएकोसो उद्योग हेर्न सिक्नका लागि जिल्लाभित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगी तथा जनप्रतिनिधि यहाँपुग्दथे प्रत्यक्ष अप्रत्यक्ष गरी ३०० भन्दाबढीलाई रोजगारी दिइरहेको सो उद्योग बन्द भएपछि यहाँ भएको लगानी मात्रै खेर नगएररोजगारी पनि खोसिएको स्थानीय बताउँछन्

उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख जडीबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनीअवेदाले १० लाख, नेपालकै जडीबुटीको कारोवार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारवाला वनकार्यक्रमले १३ लाख स्थानीयको श्रमदान गरी एक करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको जनाइएको   उद्योगस्थापनाकालमा कार्यरत कर्मचारी स्थानीय गोविन्द कामीले उद्योगले स्थानीयलाई रोजगारीका साथ  देशकै इज्जतसमेत बढाएकोबताउनुहुन्छ

लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्नेलगायत कामबाट यहाँका ३०० भन्दाबढी स्थानीयले आयआर्जन गर्दथे यहाँउत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो कागज बिक्रीबाट भएको नाफालगानीकर्ता सदस्य घरधुरीलाई प्रत्येक वर्ष वितरण गर्ने नियम भए पनि एकपटक मात्रै त्यसो गरिएको स्थानीय बताउँछन् सञ्चालनभएको दुइ वर्षपछि एकपटक लगानी आधारमा प्रतिपरिवार एक हजारदेखि रु १० हजारसम्म रकम बाँढेका हुन् स्थानीय ध्वजबहादुरसिंहले भन्नुभयो, “त्यसपछि जसले जिम्मा पाए उसैले खाए समुदायलाई एक सुको पनि दिएका छैनन् अहिले उद्योग नै बाँझोभइसक्यो

उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका वडा नं का वडाध्यक्ष गगनबहादुर सिंहले व्यवस्थापनले ध्यान दिनदिन नसक्दा उद्योग धरासायी भएको बताउनुभयो वडा अध्यक्ष भएँ त्यता ध्यान दिन पाइन   जिम्मा दिएका साथीले इमान्दारीपूर्वककाम गरेनन् त्यसैले यस्तो भयो उहाँले पुनः सञ्चालनका लागि विभिन्न संस्थालाई सहयोग माग्ने काम भइरहेको निकट भविश्यमैउद्योग पुनःसञ्चालनमा आउने जानकारी दिनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago