उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ।
गएराति सवा १ बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको उदयपुरका प्रहरी प्रमुख, एसपी भीमप्रसाद दाहाललेबताए। उनका अनुसार विस्फोटबाट कार्यालयको दराज र फर्निचरमा समेत क्षति पुगेको छ।
गाउँपालिका कार्यालयको गेटमा अर्को बम समेत राखिएको पाइएको छ। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ भने बम डिस्पोजकालागि नेपाली सेनाको टोली पुग्दै गरेको एसपी दाहालले बताए।
अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुल्न नसकेको उनले बताए। “बरन्डामा सुतली बम विस्फोट भएको देखिन्छ। विस्फोटकसले गरायो भन्ने खुलेको छैन। कसैले जिम्मा पनि लिएको छैन”, एसपी दाहालले भने, “घटनाको अनुसन्धान गरिहेका छौं। थप खुल्नबाँकी छ।”
गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले पनि विस्फोट गराउनुपर्ने कुनै कारण नरहेको बताए। आफूहरूलाई अहिलेसम्म कतैबाट कुनैप्रकारको माग, धम्की केही नआएको र एक्कासी विस्फोट गराइएको उनले बताए।
“हामीले हाम्रो काम राम्रैसँग गरिरहेका छौं, कतैबाट यो तहको असन्तुष्टि आएको थिएन”, गाउँपालिका अध्यक्ष थापाले भने, “एक्कासीविस्फोट गराइएको छ। हामी पनि अचम्मित भएका छौं।”
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…