पार्टीकै नेताले काम गर्न नदिएपछि संसद विघटन गर्ने निर्णयमा पुगें: प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल भित्रैबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटनगरिएको बताएका छन्।

२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वको जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीले जनभावना विपरित काम गर्न नदिइएकोबताउँदै उनले सरकार संचालन गतिरोध उत्पन्न गराइएको बताए।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि ओलीले सम्बोधन गर्दै सरकारविरुद्धघेराबन्दी गरिएको बताए।   

जननिर्वाचित सरकारलाई असहयोग घेराबन्दी गरियो। जनता समक्ष प्रस्तुत हुने निष्कर्ष सहित संसद विघटन गरियोउनले भने।

पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ओलीले ती नेताहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयासगरेको आरोप लगाए। साथै उनले नेताहरुले  पार्टी कार्यालयको दुरुपयोग गर्ने, संसद अधिवेश बोलाउन हस्ताक्षर संकलन गर्ने, महाअभियोग लगाउने काम गरेकोले पनि वर्तमान परिस्थिति सिर्जना भएको बताए।  

अप्रत्याशित आकस्मिक देखिए पनि यसको कारण धेरै अघिदेखि नै हो। केही नेताहरुको जनअपेक्षा विरुद्ध कदमका कारण लामोसमयदेखि नै विवाद थियो।उनले भने, ‘सरकारलाई काम गर्न दिइएन। बार्गेनिङ गर्ने राष्ट्रिय राजनीतिलाई अलझाउने काम भयो। त्यसैलेवैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरियो।

प्रतिपक्षभन्दा सत्तापक्ष कै नेताहरुका कारण अहिलेको परिस्थिति सिर्जना भएको ओलीले संसदलाई केही नेताहरुको स्वार्थ केन्द्र बन्ननदिनेओलीले आफूले संसद विघटन गर्ने निर्णय गरेको बताए।

सरकार गठनको एक वर्ष नबित्तदै देशबाहिर गएर आफ्नै पार्टीको नेताले मुलुक डुब्न लाग्यो भनेर अस्थिरता उब्जाउने काम गरेको भन्दैउनले राज्य संचालनमा बार्गेनिङ खोजिएको बताए।

दुई अध्यक्ष बीच पार्टी सरकार एकएक जनाले संचालन गर्ने सहमति भएको आफूले सरकारको काममा ध्यान दिँदा प्रचण्डले पार्टीसंचालन गर्न नसकेको उनले बताए।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago