आइतबारदेखि नारायणहिटी दरबार संग्रहालय खुला हुने

काठमाडौं, मंसिर ६ नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।

फाइल फोटो

श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन भएको लकडाउनयता सर्वसाधारणलाई अवलोकन बन्द गरिएको थियो ।

सरकारले गठन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (२०७६) गठन भएपछि यसरी पहल भएको हो । समितिले बृहत योजनासहित निर्माण कार्य निरन्तर राखेको र तत्काल स्वास्थ्य मापदण्ड कायम गरी सर्वसाधारणलाई अवलोकन खुला गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

‘दरबार संग्रहालयका ५२ कक्षामध्ये ३२ वटा सर्वसाधारणलाई अवलोकन खुला गरेको छौं,’ उनले भने, ‘लकडाउनयता हामीले राजा वीरेन्द्र निवास श्रीसदनलाई व्यवस्थित गर्न सक्यौं । राजा परिवारले प्रयोग गरेका हवाई जहाज, हेलिकोप्टरसमेत यही परिसरमा व्यवस्थापन गरेका छौं । सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कायम गराएर अवलोकन गराइने छ ।’

मन्त्री भट्टराईले राजा वीरेन्द्र निवास उद्घाटन कार्य आफ्नो जीवनको रोमान्चक क्षण भएका बताए । ‘राजतन्त्रको अन्त्यका लागि संघर्ष गरियो र आज त्यही राजतन्त्रको इतिहास जोगाउन आइपुगेको छु,’ इतिहास कसैको दुष्मन नहुने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘राजतन्त्रको अन्त्य गर्नेले इतिहासको संरक्षण गर्नु प्रतिकात्मक गौरव हो । राजा वीरेन्द्रको निवास आजबाट खुला गरिनु महत्वपूर्ण घटना हो । पृथ्वीनारायण शाहको योगदानको संरक्षण हुनेछ ।’

तीन तले श्रीसदन वीरेन्द्रको परिवारले उपभोग गरेको कक्षहरू, सामग्रीहरू रहेका छन् । राजपरिवारले औपचारिक समारोहमा प्रयोग गरेका कारहरू, जर्मन चान्सलर हिटलरले पूर्वराजा त्रिभुवनलाई उपहार दिएको ‘त्रिभुवन कार’समेत सार्वजनिक गरिएका छन् ।

मन्त्री भट्टराईले शाहवंशको साढे दुई सय वर्ष शासन इतिहासलाई एकीकृत ढंगले नारायणहिटी दरबार संग्रहालयमा समेट्न निर्देशन दिएका छन् । अन्य दरबार तथा संग्रहालयमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत नारायणहिटी दरबार संग्रहालयमा राखिने जनाइएको छ । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायतको ज्यान गएको थियो । सो घटनाको १९ वर्षपछि नारायणहिटी दरबारको अग्रभागको प्रवेशद्वार रंगरोगन र जीर्णोद्वार कार्य भएको छ ।

दरबार परिसरमा रहेका राजा र राजपरिवारसँग सम्बन्धित विभिन्न स्थान रहेका छन् । धार्मिक आस्थाका देवीदेवताहरू छन् । नेपाली सेनाले राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकोप्टर श्रीसदन परिसर राखिएका छन् ।

मन्त्रालयका सचिव यादव कोइरालाले नारायणहिटी दरबार शाहवंशको अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय रहेको छ । मध्य भागमा महेन्द्र मन्जिलमा मुमा बडामहारानी रत्न बस्दै आएकी छिन् । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग रहेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ गते उक्त संग्रहालयको उद्घाटन गरेका थिए । त्यही वर्ष फागुन १५ गते अर्का प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त संग्रहालय सर्वसाधारणका निम्ति प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

दरबारभित्र विभिन्न बैठक कोठाहरू, राजारानीका शयन कक्षहरू, राजकीय पाहनाहरूले प्रयोग गर्ने शयन कक्षहरू, भान्छा कोठा, भोजन कोठा लगायत ५२ वटा कोठा रहेका छन् । तीमध्ये ३१ वटा कक्षलाई प्रदर्शनीमा ल्याइएका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौ २९ गते श्रीपेच, राजदण्ड कक्ष सर्वसाधारणका निम्ति खुला गरेका थिए । भदौ ७ गते आइबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने छन् ।

Comments
Bishawas Acharya

Recent Posts

झापा कप–२०८१: उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र मोरङ एलएक्स सिटी बीच हुने

बिर्तामोड, झापा–११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि सुरु हुने ‘झापा कप–२०८१’ को खेल तालिका…

55 years ago

वीरता जेसिजद्वारा एक दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड, वीरता जेसिजले बिर्तामोड नगरपालिकाका स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू र आफ्ना सदस्यहरूका लागि नेतृत्व तथा व्यक्तित्व…

55 years ago

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago