चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्

मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा रुख चढ्नुपर्ने बाध्यता मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेतनचल्दा वडा कार्यालयका कामकारवाहीसमेत प्रभावित हुँदै आएका छन् कार्यालय कक्षभित्र मोबाइलको नेटवर्कले टिप्दैन”, वडासचिव चन्द्र चौधरीले भन्नुभयो, “मोबाइलमा अत्यन्त जरुरी कुराकानी गर्नकै लागि कार्यालयभन्दा टाढा पुग्नु पर्दछ मोबाइलनेटवर्कले काम नगरे इन्टरनेट चल्ने कुरै छैन

फोटो फाईल

वडामा भएका महत्वपूर्ण निर्णय नगरपालिकामा इमेलमार्फत पठाउन टाढाको गाउँमा पुगेर निजी खर्चमै मोबाइलको हस्पटबाट इन्टरनेटचलाएर पठाउँदै आएको उहाँले बताउनुभयो नगरपालिकाले पठाएका तत्कालै पाउनुपर्ने सूचनासमेत इन्टरनेट मोबाइल नेटवर्क नहुँदापाउन निकै गाह्रो भएको उहाँको भनाइ वायरलेस सिस्टमको इन्टरनेट वडा कार्यालयमा गत वर्ष जोडेका थियौँ”, वडा सदस्यलालबहादुर महराले भन्नुभयो, “काम नै नगरेपछि बन्द अवस्थामा रहेको आधुनिक युगमा समेत इन्टरनेट मोबाइल सेवाबाटबञ्चित हुनुपरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई तत्काल मोबाइल टावरको व्यवस्था गर्न आग्रहसमेत गरिएको बताउनुभयो

नेपाल टेलिकमको नेटवर्कले टिप्दैन सोही वडाका स्थानीय बेलडाँडीका सुरतबहादुर साउदले भन्नुभयो, “एनसेललगायतका अन्य निजीकम्पनीका मोबाइल कम्पनीका नेटवर्टकले कहिले टिप्ने कहिले नटिप्ने गर्दछ फोन नलाग्ने गरेकै कारण निकै सास्ती खेप्नुपरेको

बेलडाँडी, पिल्लरी, पारिफाँटा दोमिल्ला, पहरिया निगालीलगायतका स्थानीवासीलाई मोबाइल नेटवर्कले काम नगर्ने भएपछि महत्वपूर्णसूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घण्टौँ हिँडेर छिमेकी गाउँपुग्ने, डाँडा रुख चढ्नुपर्ने बाध्यता

नेपाल टेलिकमले सुन्दरीफाँटामा टावर बनाउन थालेको झण्डै एक वर्ष नै हुन आँटे पनि टावर निर्माणको कार्य पूरा हुनसकेको छैन सोटावर निर्माण भएपछि मोबाइल सेवा सञ्चालन हुनेमा आशावादी भए पनि निर्माण कहिले पूरा हुने भने टुङ्गो छैन मोबाइल सेवासहजरूपमा कहिलेदेखि सञ्चालन होला भन्ने बाटो कुरेर बसेका छौँ”, रामबहादुर साउदले भन्नुभयो, “मोबाइल राम्ररी टिप्ने भए हुन्थ्यो इन्टरनेट सेवाको कल्पनासमेत अहिले गरेका छैनौँ

सबैका घरघरमा मोबाइल सेट छन् फोन गर्नकै लागि टाढाको कलुवापुर अमरपुरलगायत क्षेत्रमा पुगेर फोन गर्नुपर्ने स्थानीयबासिन्दालाई बाध्यता पाँच गाउँका झण्डै दुई हजार बढी बासिन्दासम्म सञ्चार सेवा पुग्न सकेको छैन

असुरक्षित पानी पिउन बाध्य

शुक्लाफाँटा नगरपालिका चुरेफेदीको पारिफाँटामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन्

उनीहरु वर्षौदेखि आर्सेनिक आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् खानेपानीका लागि अर्को विकल्प नहँुदा असुरक्षितपानी वर्षौँदेखि प्रयोग गर्दै आएको वडा सदस्य लालबहादुर महराले बताउनुभयो सेतो कपडा लगाउनै हुँदैन”, उहाँले भन्नुभयो, “ह्याण्डपम्पको पानीमा सेतो कपडा दुई÷तीनपटक धुँदा पूरै पहेँलो हुन्छ, भाँडाकुडासमेत पहेँलो हुने गरेको

ह्याण्डपम्पको पानी गन्हाउनेसमेत गरेको अधिकांश बासिन्दाले तीन किलोमिटर टाढाको फुलेली गाउँको अटोजन बोरिङबाटखानेपानी बोकेर ल्याउने गरेका छन् खानेपानीको अर्को विकल्प नहँुदा असुरक्षित पानी नै प्रयोगमा ल्याउने गरिएको स्थानीयवासीअकवर धामीले बताउनुभयो माथि सतहको पानी पिउन योग्य छैन”, उहाँले भन्नुभयो, “ आर्थिक अभावका कारण यहाँका बासिन्दालाईधेरै गहिरो ह्याण्डपम्प गाड्न सक्ने अवस्था छैन्

गहिरो ह्याण्डपम्प गाड्नका लागि रु एक लाख बढी खर्च लाग्ने गर्दछ अधिकांश बासिन्दाको आयस्तर न्यून रहेका कारणले सुरक्षितखानेपानीका लागि ह्याण्डपम्प गाड्न नसकेको स्थानीयवासीको भनाइ

वडा कार्यालयमा गाडिएको ह्याण्डपम्पको पानी पिउन योग्य छैन”, वडा सचिव चन्द्र चौधरीले भन्नुभयो, “टाढाबाट बोकेर ल्याएको पानीपिउनका लागि प्रयोगमा ल्याउने गरेका छौँ पानी बोकेर नल्याएको अवस्थमा पानी नपिएरै बस्नुपर्ने अवस्था

केही दिन जारको पानी पिउनका लागि प्रयोग ¥यौँ हाल वडा कार्यालयसँग पानी खरिद गर्ने बजेट नहँुदा स्वच्छ स्वस्थ्य पानीपिउन पाएका छैनौँ”, उहाँले भन्नुभयो, “चालू आवमा वडा कार्यालय परिसरमा अटोजन नल्का गाड्नका लागि रु ७० हजार बजेटविनियोजन गरिएको त्यसबाटै नल्का गाडेर कार्यालयका कर्मचारी सेवाग्राहीलाई खानेपानी उपलब्ध गराउने योजना

स्थानीयवासीले तत्काल खानेपानीको योजना अगाडि बढाउन माग गरेका छन् पारिफाँटामा मात्रै ३०० बढी परिवारको बसोबास

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago