मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्नेदाउराका लागि सञ्जयले टीकापुरमा रहेका अधिकांश सामुदायिक वन धाउनुभयो तर उहाँले दाउरा पाउनुभएन

राति बजे बुवा बित्नुभयो, आफन्तहरु बिहान बजेबाट दाउराको जोहो गर्न थाले, आफू उपभोक्ता रहेका सामुदायिक वनमा समेतपाउन सकिएन”, सञ्जयले भन्नुभयो, “पछि एक जना स्थानीय नेताले भनिदिएपछि दिउँसो बजे एक सामुदायिक वनले दाउरा दियो

फोटो फाईल

कैलालीको टीकापुरमा मृत्यु संस्कारका लागि आवश्यक दाउराको समस्या सधैँ हुने गरेको मानिसको मृत्यु भएमा जलाउने दाउराखोज्न निकै मेहेनत गर्नुपर्छ यही समस्या समाधानका लागि टीकापुर क्षेत्रका सामुदायिक वनले दाहसंस्कारका लागि आवश्यकदाउराको व्यवस्थापन गर्ने सहमति गरेका छन् टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमामङ्गलबार बसेको बैठकले दौलतपुर सनकट्टी घाटमा दाहसंस्कारका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापन गर्ने निर्णय गरेको हो

दौलतपुर सनकट्टी घाटमा एक÷एकवटा घाटगद्धी डिपो स्थापना गर्ने, सनकट्टी घाटको डिपोको सितल सामुदायिक वन दौलतपुरघाटको डिपोको रेखदेख गर्ने जिम्मा भगरैया वन संरक्षण समितिलाई दिने निर्णय गरेका छौँ”, टीकापुर नगरपालिकास्तरीय सामुदायिकवन उपभोक्ता महासङ्घका अध्यक्ष श्याम खत्रीले भन्नुभयो, “हामी घाटगद्धी स्थापना गर्न जुटिसकेका छौँ, सामुदायिक वनले गरेको योनिर्णय आउँदो मङ्सिर गतेदेखि लागु हुनेछ

अध्यक्ष खत्रीले दाहसंस्कारका लागि अब नागरिकले दाउरा खोज्न सामुदायिक वन धाउनु नपर्ने बताउनुभयो अब मृत्यु संस्कार गरिनेघाट नजिकै रहेका घाटगद्धीमै दाउरा खरिद गर्न सकिने भएको ”, उहाँले भन्नुभयो, “पीडामा थप पीडा नहोस् भनी हामीले यसो निर्णयगरेका हौँ यसले नागरिकलाई सहज हुन्छ अब दाउरा खोज्ने झण्झट गर्नुपर्दैन

टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा बसेको बैठकमा टीकापुरभित्रका १० वटा सामुदायिकवनका पदाधिकारीको सहभागिता रहेको थियो टीकापुरमा रहेका सत्तीघाट, दौलतपुर घाट सनकट्टी घाटमा टीकापुरका मात्र नभईजानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाका नागरिक पनि आफन्तको अन्त्येष्टिका लागि आउने गरेका छन्”, अध्यक्ष खत्रीले भन्नुभयो, “आवश्यक भएका सबैले अब सहजरूपमा दाउरा पाउनेछन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago