प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ : डा. शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ उन्मुखभएको बताएका छन्। संविधानमा कुनै धारामा उल्लेख नभएका संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस सर्वसत्तावाद हुँदैअधिनायकवादतर्फ उन्मुख भएको उनले बताए।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने, ‘संविधानको धारा ७६को देखि सम्म कतै संसद विघटनको बारे उल्लेखभएको छैन। पार्टी भित्रको द्वन्द्वलाई थेग्न नसकेर प्रधानमन्त्रीले संविधानमाथि नै आक्रमण गरेको उनको आरोप लगाए। कोइरालाले संसद्विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए।  

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने बताए। उनलेभने, ‘राष्ट्रपतिले विपक्षी दल कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्छ।उनले यो कदम असंवैधानिकरहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताए।

संसद विघटनको कदमले प्रतिगामीलाई सहयोग पुग्ने उनको भनाइ रहेको  थियो। यो देशको निम्ति खतरा भएको बताउँदै उनले भने,‘काग्रेसले कुनै हालतमा स्वीकार गर्देन। राष्ट्रपतिले यसलाई तत्काल फिर्ता गरेर गुटको नभई देशको हितमा काम गर्नु पर्ने छ।काग्रेसलेत्यसको विरुद्ध आन्दोलन गर्ने बताउँदै उनले भने, ‘राष्ट्रपतिले पनि गुटकै अनुसार काम गरे भने त्यसको विरोधमा काग्रेस जाने छ।‘ 

प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको विरोधमा आन्दोलन गर्ने बताउदै भने,‘कांग्रेस निर्वाचनमा जाने छ। निर्वाचनबाट भाग्दैन। अब महिनाभित्र निर्वाचन गर्नु पर्ने छ।‘ (अन्नपुर्ण पोष्टबीट साभार)

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago