प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ : डा. शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम अधिनायकवादतर्फ उन्मुखभएको बताएका छन्। संविधानमा कुनै धारामा उल्लेख नभएका संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस सर्वसत्तावाद हुँदैअधिनायकवादतर्फ उन्मुख भएको उनले बताए।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले भने, ‘संविधानको धारा ७६को देखि सम्म कतै संसद विघटनको बारे उल्लेखभएको छैन। पार्टी भित्रको द्वन्द्वलाई थेग्न नसकेर प्रधानमन्त्रीले संविधानमाथि नै आक्रमण गरेको उनको आरोप लगाए। कोइरालाले संसद्विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए।  

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने बताए। उनलेभने, ‘राष्ट्रपतिले विपक्षी दल कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्छ।उनले यो कदम असंवैधानिकरहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताए।

संसद विघटनको कदमले प्रतिगामीलाई सहयोग पुग्ने उनको भनाइ रहेको  थियो। यो देशको निम्ति खतरा भएको बताउँदै उनले भने,‘काग्रेसले कुनै हालतमा स्वीकार गर्देन। राष्ट्रपतिले यसलाई तत्काल फिर्ता गरेर गुटको नभई देशको हितमा काम गर्नु पर्ने छ।काग्रेसलेत्यसको विरुद्ध आन्दोलन गर्ने बताउँदै उनले भने, ‘राष्ट्रपतिले पनि गुटकै अनुसार काम गरे भने त्यसको विरोधमा काग्रेस जाने छ।‘ 

प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमको विरोधमा आन्दोलन गर्ने बताउदै भने,‘कांग्रेस निर्वाचनमा जाने छ। निर्वाचनबाट भाग्दैन। अब महिनाभित्र निर्वाचन गर्नु पर्ने छ।‘ (अन्नपुर्ण पोष्टबीट साभार)

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago