दिवंगत सांसद सानुसिवा पहाडीको सातौ स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उहाँको योगदानलाई स्मरणगरेका छन् ।
दलित र विपन्न परिवारमा जन्मिएर पहाडीले नेपाली राजनीति र साङ्गीतिक क्षेत्रमा उल्लेखनीय छाप छाडेर गएको उहाँहरुको भनाइछ । कार्यक्रममा प्रतिनिधिसभाका सांसद अगमप्रसाद बान्तवाले सिवाले गरेका कार्य कहिल्यै पनि नेकपाले बिर्सन नसक्ने बताउनु भयोभने नेकपा केन्द्रीय सदस्य धीरेन्द्र शर्मा ‘रमण’ले विगतका आन्दोलनमा सानुको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
नेकपाका इलाम जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश १ का भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले भन्नुभयो,“सिवाकोमृत्युले राजनीति र साङ्गीतिक क्षेत्रले एउटा अब्बल हस्ती गुमाउनुपर्यो”।
सिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएर विसं २०३६÷०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिकअभियानमा सहभागी हुनुभएको थियो । विकट ताप्लेजुङमा जन्मिएर पनि सिवाले तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनमाआफूलाई सामेल गराएर जनस्तरमा चेतना फैलाउन गाउँ–गाउँका महिलालाई घाँस दाउरा गर्दै गीतमार्फत चेतना छर्नुभएको थियो । उहाँकोगत असोज २७ गते काठमाडौंमा निधन भएको भएको थियो
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…