फोटो फाईल
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरणगर्नुभएको छ । आफ्नो पूर्व प्रतिवद्धताबमोजिम सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका तीन मिर्गौला पीडितलाई आज उक्तरकम हस्तान्तरण गर्नुभएको छ ।
व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ र व्यास नगरपालिका–१४ का सन्तोषराना मगरलाई जनही रु १६ हजारका दरले रकम सहयोग गरिएको सांसद श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारीदिनुभयो । व्यास नगरपालिका–१२ का अनुप क्षेत्रीलाई भने रकम हस्तान्तरण गर्न बाँकी छ ।
श्रेष्ठले सांसद भएदेखि अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुं जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई उपलब्ध गराउँदैआउनुभएको छ ।
यसैगरी, व्यास नगरपालिका–५ बरबोटे निवासी मिर्गौला पीडित टेकबहादुर आलेलाई विदेशबाट सहयोग जुटेको छ । दुबई, संयुक्तराज्य अमेरिका र अष्ट्रेलियाबाट प्राप्त रु ७१ हजार पाँच सय ९३ आज पीडितलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको ५ नं. वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पीडितलाई रकम हस्तान्तरण गर्दै विदेशमा रहेर जिल्लावासीलाई परेको मर्कामा सहयोग गर्नु मानवीय कार्यरहेको बताउनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…