१४ लाख रुपैयाँ बराबरको तस्करीको सामान बरामद ।

विराटनगर , कार्तिक ४ । मोरङ, झापा र सुनसरीबाट गरी १४ लाख मूल्य बराबरको तस्करीको सामान बरामद भएको छ ।

फाईल फोटो

चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार एकैदिन ११ लाख रुपैयाँ मूल्य बराबरको तस्करीको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मुल्य बराबरको अतिसबाजी (पटका), खाधान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतीय सीमा क्षेत्रमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी-४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैया बराबरको खाधान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सीमा क्षेत्रमा खटिएको प्रहरी टोलीले ३ लाख बराबरको पटाका तथा खाधान्न लगायत सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

यता जिल्ला प्रहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाइँदै आइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago