प्राकृतिक विपत्तिमा परेका व्यवसायीलाई वाणिज्य सङ्घको सहयोग

उद्योग वाणिज्य सङ्घ खोटाङले प्राकृतिक विपत्ति तथा दुर्घटनाका कारण पीडित भएका व्यवसायीलाई राहतस्वरुप आर्थिक सहयोगगरेको

वर्षा, आगलागी, सडक दुर्घटनाजस्ता विपत्तिबाट पीडित भएका तीन जना व्यवसायीलाई वाणिज्य सङ्घले सोमबार राहत रकम प्रदानगरेको हो

वर्षाका कारण घरमा क्षति पुगेका व्यवसायी जागिरमान विश्वकर्मा सुधीर शाक्यलाई रु २५÷२५ हजार बोलेरो दुर्घटनामा सामानगुमाएर क्षति व्यहोरेका गयकुमार बजिमयलाई रु १० हजार सहयोग प्रदान गरिएको सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पीडित व्यवसायीलाई सङ्घले राहतवापत चेकहस्तान्तरण गरेको

वाणिज्य सङ्घको तर्फबाट यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्राकृतिक विपत्ति तथा दुर्घटनाको मारमा परेका व्यवसायीलाई रुएक लाख ५५ हजार राहत प्रदान गरेको सङ्घका महासचिव मनोज बजिमयले जानकारी दिनुभयो यसअघि बोलेरो दुर्घटना हुँदा क्षतिपुगेका व्यवसायी फुर्वा शेर्पालाई रु १० हजार, आगलागीपीडित गोविन्द कटवाललाई रु २० हजार रोशन सैँजूलाई रु २५ हजार तथाट्रक दुर्घटना व्यहोरेका हिराकाजी खत्रीलाई रु ४० हजार राहत प्रदान गरिएको जनाइएको

 

वाणिज्य सङ्घले स्थापना गरेको राहत कोषमा सङ्घका पदाधिकारीले वार्षिकरूपमा जनही रु ५०० जम्मा गर्ने पीडित व्यवसायीलाईप्रदान गर्ने व्यवस्था

बीउबिजन बैंक स्थापनाको तयारी

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बीउबिजन बैंक सञ्चालन गर्नका लागि तयारी थालेको किसानले चाहेको समयमा अन्न, तरकारीतथा फलफूलको बीउबिजन उपलब्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी संस्थामार्फत बीउबिजन बैंक सञ्चालन गर्नेभएको हो

किसानलाई आवश्यक पर्ने बीउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बीउबिजन बैंकसञ्चालन गर्ने तयारी थालिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो यसअघि अन्यत्रबाट ल्याइएका कतिपय बीउ नउम्रने, उम्रे पनि फल नदिने, नसप्रनेजस्ता समस्या देखियो”, उहाँले भन्नुभयो, “आगामी दिनमा आफ्नै ठाउँमा उत्पादन भएका बीउलाई सङ्कलन भण्डार गर्ने तथा किसानलाई बिक्री गर्ने व्यवस्था गर्न लागिएको हो

स्थाना गरिने बीउबिजन बैंकमा मकै, धान, गहुँ, जौ, आलु, तरकारी, प्याज, फलफूललगायत बीउ राखिने बीउबिजन बैंक स्थापनाकालागि गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश   गरिएको गाउँपालिकाभित्र बीउबिजन बैंकसञ्चालन गर्दा बीउ खरिदका क्रममा बाहिरिने रकमलाई गाउँमै रोक्न सकिने गाउँपालिकाका अध्यक्ष राईको दाबी

कृषि सहकारीमार्फत चालू आर्थिक वर्षदेखि नै किसानलाई बीउ उपलब्ध गराउने गरी तयारी थालिएको गाउँपालिकाले जनाएको बीउबिजन बैंक सञ्चालन गर्न गाउँपालिकाले चार कृषि सहकारीसँग परामर्शसमेत गरेको रातमाटा कृषि सहकारी संस्था, तृतीयाभञ्ज्याङ कृषि सहकारी संस्था, दुर्गा कृषि सहकारी संस्था चुइचुम्मा कृषि सहकारी संस्थाका पदाधिकारीसँग भएको छलफलमायही कात्तिक २० गतेसम्ममा बीउबिजन बैंक सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकास्तरीय कृषि सहकारी सङ्घ बनाएरसोहीमार्फत बीउबिजन बैंक सञ्चालन गरिने अध्यक्ष राईको भनाइ

बीउबिजन बैंक सञ्चालन गर्दा स्थानीय रैथाने जातका अन्नको संरक्षणमा समेत टेवा पुग्ने दाबी गरिएको कृषि सहकारीले बीउबैंकमार्फत किसानलाई हाइब्रिड बीउसमेत उपलब्ध गराउने व्यवस्था मिलाउने तयारी गरिएको

बाहिरी जिल्लाबाट खरिद गरेर ल्याएको बीउबिजन प्रयोग गर्दै आएका कृषक गाउँपालिकाकै सहयोगमा गाउँमै बैंकमार्फतआवश्यकताअनुसार सुपत मूल्यमा बीउबिजन पाउने भएपछि हर्षित भएका छन् दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहमाभने यससम्बन्धी कुनै तयारी नभएको बताइएको

–––

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago