मेलौलीको आयुर्वेद स्वास्थ्य केन्द्र चिकित्सकविहीन

बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको

जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्रचिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो

आयुर्वेद चिकित्सक नहुँदा क्षार सूत्र कर्म, पायल्सको उपचारलगायतका सेवा प्रभावित भएका उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवाहरु प्रभावित भएका छन् चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन् यसलेसेवाग्राहीलाई मार परेको

फोटो फाईल

केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवाहरु सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ती सेवाहरुलाई प्रभावकारी बनाउननसकिएको चन्दको भनाइ उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ तरचिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन

तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएकोस्थानीयवासी केशवसिंह भाटले जानकारी दिनुभयो आयुर्वेदिक उपचार पद्दति राम्रो भए पनि चिकित्सकको अभाव रहेको उहाँलेबताउनुभयो उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवापाइरहेका छैनौँ

केन्द्रका सूचना अधिकारी चन्दले पछिल्लो समयमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढेको भए पनि चिकित्सक नहुँदा धेरैसेवाहरु प्रभावित भएको बताउनुभयो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago