विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना

तनहुँको व्यास नगरपालिका का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उहाँले सो रकमको अक्षयकोष स्थापनागर्नुभएको हो आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएका श्रेष्ठले उक्त कोषमा रु तीनलाख थप गर्नुभएको उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष सूर्य अधिकारी प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो

    फोटो फाईल

सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको कोषबाट प्राप्त हुनेब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो

अवकाशसँगै एक लाखको अक्षयकोष

सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको शिक्षकबाटअवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत हुनुभएको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताउनुभयो

चाडपर्व लक्षित निषेधाज्ञा

कोभिड१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको चाडपर्वमासङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो

निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड जमघट गर्न निषेध गरिएको प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको

पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्ननगराउन स्थानीय प्रशासनले सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो उहाँका अनुसारदेउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, चियापान तथा शुभकामना कार्यक्रम गर्न पनि बन्देज गरिएको कोभिड१९ को जोखिमकम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने भएकाले सावधानी अपनाउन जिल्लावासीलाईआग्रह गरिएको

यसैगरी भीमाद नगरपालिकाले पनि अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको नगरप्रमुख मेखबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमण न्यूनीकरणका लागि आफ्नै परिवारकासदस्यबीच मात्रै घर घरमा नै दशैं मनाउन आग्रह गर्नुभएको हो

कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चाडपर्वमा अनावश्यक यात्रा नगर्ननगरपालिकाले अनुरोध गरेको हो नगरपालिकाले अनावश्यक भीडभाड हुने मेला, जात्रा, महोत्सव, जमघट, चियापान तथा शुभकामनाआदानप्रदान नगर्न, जुवातास लगायत कानूनले निषेधित गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यककाममा बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा आग्रह गरेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago