फोटो फाईल
बैतडीको मेलौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सक नहुँदा समस्या भएको छ ।
जिल्लाको एक मात्रै आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद चिकित्सकको दरबन्दी भए पनि विगत तीन वर्षदेखि आयुर्वेद स्वास्थ्य केन्द्रचिकित्सकविहीन रहेको केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो ।
आयुर्वेद चिकित्सक नहुँदा क्षार सूत्र कर्म, पायल्सको उपचारलगायतका सेवा प्रभावित भएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेद चिकित्सक नहुँदा विभिन्न सेवाहरु प्रभावित भएका छन् । चिकित्सकले प्रदान गर्ने सेवा अरुले दिन सक्तैनन् । यसलेसेवाग्राहीलाई मार परेको छ ।”
केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवाहरु सञ्चालन गरिरहेको भए पनि चिकित्सकको अभावमा ती सेवाहरुलाई प्रभावकारी बनाउननसकिएको चन्दको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत विभिन्न सेवा सञ्चालन गरेका छौँ । तरचिकित्सकको अभावमा पायल्सको प्रभावकारी उपचार हुन सकिरहेको छैन ।”
तल्लोसोराड क्षेत्रका नागरिकका लागि पायक पर्ने स्थानमा आयुर्वेद स्वास्थ्य केन्द्र भए पनि चिकित्सक नहुँदा सेवा पाउन असहज भएकोस्थानीयवासी केशवसिंह भाटले जानकारी दिनुभयो । आयुर्वेदिक उपचार पद्दति राम्रो भए पनि चिकित्सकको अभाव रहेको उहाँलेबताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारका नागरिकको आकर्षण छ । तर चिकित्सक नहुँदा हामीले केन्द्रबाट पाउने सेवापाइरहेका छैनौँ ।”
केन्द्रका सूचना अधिकारी चन्दले पछिल्लो समयमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढेको भए पनि चिकित्सक नहुँदा धेरैसेवाहरु प्रभावित भएको बताउनुभयो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…