विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना

तनहुँको व्यास नगरपालिका का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको

विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उहाँले सो रकमको अक्षयकोष स्थापनागर्नुभएको हो आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएका श्रेष्ठले उक्त कोषमा रु तीनलाख थप गर्नुभएको उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष सूर्य अधिकारी प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभयो

    फोटो फाईल

सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको कोषबाट प्राप्त हुनेब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो

अवकाशसँगै एक लाखको अक्षयकोष

सोही विद्यालयका शिक्षक झलकराज पौडेलले विद्यालयमा रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको शिक्षकबाटअवकाश भएसँगै पौडेलले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो पौडेल ६० वर्ष उमेर पुगी सेवा निवृत हुनुभएको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको पौडेलले बताउनुभयो

चाडपर्व लक्षित निषेधाज्ञा

कोभिड१९ को जोखिम कायमै रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्व लक्षित निषेधाज्ञा जारी गरेको चाडपर्वमासङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा जारी गरेको हो

निषेधाज्ञामा जिल्लाभित्र कुनै प्रकारका मेला, जात्रा, महोत्सव तथा अनावश्यक भीडभाड जमघट गर्न निषेध गरिएको प्रशासनले चाडपर्व मनाउँदा सकभर जो जहाँ रहेका छौ सोही ठाउँमा रही सदस्यबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको

पूजापाठलाई घरघरमै सीमित गर्न, मन्दिर तीर्थस्थलहरुमा पुजारीबाट मात्र नित्य पूजापाठ गराउने बाहेक मठमन्दिर खुल्ला नगर्ननगराउन स्थानीय प्रशासनले सचेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो उहाँका अनुसारदेउसीभैलो, खेलकुद, सांस्कृतिक कार्यक्रम, चियापान तथा शुभकामना कार्यक्रम गर्न पनि बन्देज गरिएको कोभिड१९ को जोखिमकम गर्दै चाडपर्व मनाउनुका साथै आफ्ना दैनिक आर्थिक क्रियाकलाप सुचारु गर्नुपर्ने भएकाले सावधानी अपनाउन जिल्लावासीलाईआग्रह गरिएको

यसैगरी भीमाद नगरपालिकाले पनि अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको नगरप्रमुख मेखबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमण न्यूनीकरणका लागि आफ्नै परिवारकासदस्यबीच मात्रै घर घरमा नै दशैं मनाउन आग्रह गर्नुभएको हो

कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चाडपर्वमा अनावश्यक यात्रा नगर्ननगरपालिकाले अनुरोध गरेको हो नगरपालिकाले अनावश्यक भीडभाड हुने मेला, जात्रा, महोत्सव, जमघट, चियापान तथा शुभकामनाआदानप्रदान नगर्न, जुवातास लगायत कानूनले निषेधित गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यककाममा बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा आग्रह गरेको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago