लोकसेवाका परीक्षा स्थगित ।

काठमाडौं ।  लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ। कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा पनि संक्रमण पुष्टि भएका कारण परीक्षा स्थगन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने जनाइएको छ। त्यसैले पूर्वनिर्णयबमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगन गरिएको आयोगले जानकारी दिएको छ।

आयोगले नयाँ मापदण्ड ल्याएर कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने मापदण्ड बनाइएपछि त्यसको आलोचना भएको थियो। आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डमा रहेको संक्रमितले परीक्षामा समोवश हुन नपाउने व्यवस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको असोज २९ को अन्तरिम आदेशबमोजिम लोकसेवा आयोगको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ को बुँदा ८(१) कार्यान्वयन नगर्न, नगराउन भनी लेखी आएकोले उक्त व्यवस्था निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ। यो निर्णयसँगै संक्रमितले पनि परीक्षा दिन पाउने बाटो भने खुलेको छ।

आयोगका पूर्वसदस्य डा. गोविन्दप्रसाद कुसुमले परीक्षार्थीलाई परीक्षा हलमा जान रोक्ने मापदण्ड नै गलत रहेको बताए। ‘आयोगले परीक्षार्थीलाई हलमा जान दिन्नँ भन्न मिल्दैन। उनीहरू (संक्रमित)को हकमा छुट्टै व्यवस्था गर्नुपर्छ’, उनले भने। उनले कोरोना संक्रमित भएका र नभएकाको हकमा दुई पटक फरकफरक मापदण्ड बनाउनुपर्ने बताए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दूरी कायम गरी परीक्षा सञ्चालन गर्न उनको सुझाव छ। 

यस्तै आयोगले दरखास्त संकलन कार्य पनि स्थगन गरेको छ। नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी सहसचिवको परीक्षाको दरखास्त संकलन पनि नलिइने असोज २८ गते आयोगले जनाएको छ। सहसचिवको पद लुकाएको भन्दै उपसचिवहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago