बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण

महोत्तरीको बर्दिवास अस्पतालले एकहजारभन्दा बढीको पिसीआर परीक्षण गरेको

गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण सेवा शुरु गरिएको अस्पतालले असोज मसान्तसम्ममा एक हजार ४५ जनाको पिसीआरपरीक्षण गरिएको जनाएको हो

अस्पतालले भदौ महिनामा गरिएको ३८६ जनाको पिसीआर परीक्षणमा २५ महिला २२ पुरुष गरी कूल ४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अस्पलालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिनुभयो यसैगरीगत असोजमा गरिएको ६५९ जनाको पिसीआर परीक्षणमा ९२ पुरुष ५२ महिला गरी कूल १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोअस्पतालले जनाएको

फोटो फाईल

गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिवास अस्पताल भवनमा बर्दिवास नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणसमुदायस्तरमा फैलिँदै जाँदा परीक्षण ब्यापक बनाउने उद्देश्यले आवश्यक उपकरण दक्ष जनशक्ति व्यवस्थापन गरी पिसिआर परीक्षणशुरु गराएको हो

नगरपालिकाले करिब रु एक करोड २५ लाख खर्च गरेर पिसीआर मेसिन आवश्यक उपकरण अस्पताललाई उपलब्ध गराएकोबताइएको सेवालाई थप विस्तार गर्दै छिमेकका स्थानीय तहका बासिन्दाको समेत परीक्षण गर्न सम्बन्धित स्थानीय तह, प्रदेश सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि समन्वय भइरहेको नगरप्रमुख बिदुरकुमार कार्कीले बताउनुभयो

अस्पतालले  स्वाब सङ्कलन गरिएको १० घण्टा भित्रनै नतिजा(रिपोर्ट)  दिँदै आएको यो व्यवस्थाले यसअघि १०÷१२ दिनसम्मरिपोर्टका लागि कुर्नुपर्ने अवस्था हटेको सेवाग्राहीले बताएका छन् करिब एक लाख २० हजार जनसङ्ख्या रहेको आफ्नो नगरक्षेत्रमास्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बढाउँदै लाने सङ्कल्पमा यो प्रयत्न महत्वपूर्ण भएको नगरप्रमुख कार्कीको भनाइ

बर्दिवास अस्पतालमा जडान गरिएको पिसीआर मेसिन उपलब्ध उपकरणबाट दैनिक ९०० नमूनाको परीक्षण हुन सक्ने विज्ञकोभनाइ यहाँ जडित उपकरणबाट प्र्रत्येक दुई घण्टामा ९६ जनाको पिसीआर परीक्षण गर्न सक्ने अस्पतालले स्पष्ट पारेको

नेपाल सरकारको रु पाँच करोड ३५ लाख ३६ हजार १७६ को लागतमा नवनिर्मित बर्दिवास अस्पताल भवनमा अत्याधुनिकसेवासहितको तीन तले भवनमा ८६ कोठा छन् अस्पतालमा कोभिड१९ रोकथाम अभियानसँग सम्बन्धित ५० शय्याको आइसोलेसनकक्ष भौतिक साधन स्रोत जुट्दै गए बर्दिवास अस्पताललाई सेवाको क्षेत्रमा अनुकरणीय बनाउने आफ्नो सपना रहेको नगरप्रमुखकार्कीले बताउनुभयो

–––

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago