लोकसेवाका परीक्षा स्थगित ।

काठमाडौं ।  लोकसेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षा स्थगन गरेको छ। कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा पनि संक्रमण पुष्टि भएका कारण परीक्षा स्थगन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने जनाइएको छ। त्यसैले पूर्वनिर्णयबमोजिम तोकिएका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगन गरिएको आयोगले जानकारी दिएको छ।

आयोगले नयाँ मापदण्ड ल्याएर कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमित परीक्षामा सहभागी हुन नपाउने मापदण्ड बनाइएपछि त्यसको आलोचना भएको थियो। आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डमा रहेको संक्रमितले परीक्षामा समोवश हुन नपाउने व्यवस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको असोज २९ को अन्तरिम आदेशबमोजिम लोकसेवा आयोगको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७७ को बुँदा ८(१) कार्यान्वयन नगर्न, नगराउन भनी लेखी आएकोले उक्त व्यवस्था निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ। यो निर्णयसँगै संक्रमितले पनि परीक्षा दिन पाउने बाटो भने खुलेको छ।

आयोगका पूर्वसदस्य डा. गोविन्दप्रसाद कुसुमले परीक्षार्थीलाई परीक्षा हलमा जान रोक्ने मापदण्ड नै गलत रहेको बताए। ‘आयोगले परीक्षार्थीलाई हलमा जान दिन्नँ भन्न मिल्दैन। उनीहरू (संक्रमित)को हकमा छुट्टै व्यवस्था गर्नुपर्छ’, उनले भने। उनले कोरोना संक्रमित भएका र नभएकाको हकमा दुई पटक फरकफरक मापदण्ड बनाउनुपर्ने बताए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दूरी कायम गरी परीक्षा सञ्चालन गर्न उनको सुझाव छ। 

यस्तै आयोगले दरखास्त संकलन कार्य पनि स्थगन गरेको छ। नेपाल प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी सहसचिवको परीक्षाको दरखास्त संकलन पनि नलिइने असोज २८ गते आयोगले जनाएको छ। सहसचिवको पद लुकाएको भन्दै उपसचिवहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago