लियोनलाई ३–o ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय

जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–o ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः सुरु भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो ।

अब फाइनलमा बार्यनको भेट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हुनेछ। फाइनल खेल आउँदो आइतबार राति हुनेछ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago