कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास

चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो । कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी दुई हजार ६४३ सुरक्षित आवास बन्नेछन् । रुकुम(पश्चिम)मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार ७८९, जाजरकोटमा एक हजार १५, डोल्पामा ५१२ र जुम्लामा ५०६ घरधुरीले सुरक्षित आवास पाउनेछन् ।

सरकारले खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सहयोग गर्नेछ । जस्तापाता छाउनका लागि प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ । सङ्घीय शहरी आयोजना कार्यान्वयन एकाइले सुर्खेत निर्वाचन क्षेत्र नं १ मा निर्माण हुने परिवारको टुङ्गो लगाएको छ । त्यहाँका एक हजार ५२० घरमा जस्तापाताको छाना लगाइनेछ । आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर टीकाराम पोखरेलका अनुसार उक्त रकम घरमूलीले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् ।

“चालू आवमा प्रदेशका नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना छ”, उहाँले भन्नुभयो, “सुर्खेतमा करीबकरीब टुङ्गो लागिसक्यो, अन्य जिल्लामा बाँकी छ, सम्बन्धित क्षेत्रका सांसद, स्थानीय जनप्रतिनिधिहरुको बैठकले लाभान्वित घरपरिवारको टुंगो लगाउनेछ ।” जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरीब परिवारले राहत महसुस गर्ने सरकारको अपेक्षा छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago