लियोनलाई ३–o ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय

जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–o ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।

ग्नाब्रीले १८ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले ८८ औँ मिनेटमा गोल गरे । बार्यन म्युखिन ११ औँ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएर पुनः सुरु भएको च्याम्पियन्स लिगमा यो पटक बार्यन म्युखिनले बलिया क्लबलाई स्तब्ध पारेर फाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्तिम ८ मा बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको थियो ।

अब फाइनलमा बार्यनको भेट फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग हुनेछ। फाइनल खेल आउँदो आइतबार राति हुनेछ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago