सोमबार देशभर १ सय ८६ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित मुलुकभर हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित भएका छन्।
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म ११ हजार ८ सय ६८ जना कोरोनाबाट निको भएका छन्।
विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…