काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एक बैंकको एटीएम कार्ड अर्काे बैंकको एटीएम बुथमा प्रयोग गर्दा शेवा शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आज सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने बताए। “कोभिड–१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिमा उल्लेख छ।
यसअघि बैंक वित्तीय संस्थाहरूले आपसी सहमति गरेर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम बुथमा प्रयोग गरेर पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको थिए। तर, साउन लागेपछि उक्त व्यवस्था बैंकहरूले हटाइसकेका छन्।
अब भने केन्द्रीय बैंकले नीतिगत निर्णय गरेर नै जुनसुकै बैंकको एटीएम बुथ प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको हो। मौद्रिक नीतिमा ल्याइएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको लागि निर्देशन जारी गर्नेछ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…