भोलिको खण्डग्रास साढे ३ घण्टा लामो, राशी अनुसार के फल प्राप्ती हुनेछ ?

भोली असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ ।
बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । यो ग्रहण मृगशिरा, आर्द्रा नक्षत्र र मिथुनमा हुनेछ।

यो ग्रहणले सबै राशि चिन्हलाई असर गर्दछ। कुनै राशिलाई यो ग्रहणले आर्थिक सबलता प्रदान गर्छ भने कुनै राशिलाई ऋण लाग्न पनि सक्ने जनाउँछन ज्योतिशहरु ।

अर्को तर्फ, कुंडलीमा ग्रहण दोष पनि उनीहरूमा विशेष प्रभाव पार्दैछ। मिथुनमा जाने सौर्य ग्रहणले कसरी तपाईंको राशि चक्रमा तपाईंको ग्रहणलाई असर पार्नेछ भनेर थाहा पाउनुहोस्

यहाँ ज्योतिषीहरूले यो ग्रहणबाट कुन कुन राशिलाई के कस्तो लाभ हानी पुर्‍याउँछ भन्ने जानकारी गराइएको छ ।

भोली करिब ६ घण्टा लामो सुर्य ग्रहण्, नेपालबाट करिब साढे ३ घण्टा खण्डग्रास देखिने

मेष

ग्रहणको प्रभावका कारण छर-छिमेकको कारणले तनाव उत्पन्न हुन सक्नेछ । साथै, बच्चाहरूको बारेमा तपाईँको चिन्ता पनि बढ्नेछ । तर पिता वा उच्च अधिकारीको सहयोग रहनेछ।

वृष

घर परिवारमा तनाव बढ्न सक्नेछ । धन सम्पतीको नोक्सानी हुन सक्नेछ । व्यर्थको चिन्ता बढ्न सक्नेछ ।

मिथुन

तपाईंको राशिफलमा सूर्यग्रहण छ, त्यसैले रक्तचापका बिरामीहरू विशेष सचेत रहुनु आवश्यक छ। प्रतिष्ठालाई असर गर्ने केहि कार्य नगर्नुहोस्।

कर्कट

तपाईंको विलासितामा धेरै पैसा खर्च हुनसक्नेछ। बोलिमा पनि संयम राख्नुपर्नेछ अन्यथा हानिको सम्भावना छ। रचनात्मक प्रयासहरू सफल हुनेछन ।

सिंह

तपाईलाई ग्रहणको प्रभाव लाभदायक हुनेछ। आर्थिक पक्ष पनि सबल हुनेछ। बहुप्रतीक्षित कामले आत्मविश्वास बढाउनेछ।

कन्या

ग्रहणको प्रभावबाट पिता वा उच्च अधिकारीबाट सहयोग पुग्नेछ। पद र प्रतिष्ठा बढ्न सक्नेछ ।

तुला

बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ भने व्यर्थको तनाव हटाउनेछ। तपाईंलाई रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ।

वृश्चिक

सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। घूस लेनदेन नगर्नुहोस । शारीरिक वा आर्ठीक नोक्सानी हुन सक्छ।

धनु

ससुराली पक्ष सँग मनमुटाव हुनसक्छ। तपाईंको जीवनसाथीको स्वास्थ्यबारे सचेत रहनुहोस्।

मकर

ग्रहणले रोग र शत्रुहरूलाई बढाउनेछ, जसले मानसिक समस्या निम्त्याउनेछ। बच्चाको प्रतिको जिम्मेवारी पूरा हुनेछ। रीस नियन्त्रणमा राख्नुहोस ।

कुम्भ

तपाईंको जीवनसाथीको स्वास्थ्यबारे सचेत रहनुहोस्। बच्चाकोप्रती जिम्मेवारी पूरा गर्नुहोस्। शिक्षा र प्रतिस्पर्धामा अभूतपूर्व सफलता प्राप्त हुनेछ। सम्बन्ध सुमधुर हुनेछ ।

मीन

व्यक्तिगत जिवनमा तनाव आउनसक्छ, तर गरिएको प्रयास सार्थक हुनेछ। तपाईंले रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ।

ग्रहणको समयमा के गर्न हुन्छ र के गर्न हुँदैन ?

  • चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्नु पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
  • ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा यौन सम्बन्ध राख्न नहुने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् ।
  • ग्रहणको समयमा भोजन पनि गर्नु हुँदैन । कि ग्रहण अगावै खाना खानुहोस् अन्यथा ग्रहण पश्चात मात्र खाना खानुपर्छ भन्ने मान्यता राखिन्छ । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।
  • ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नुपर्छ । ग्रहणको समयमा केही मन्त्रको भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।
  • ग्रहणको समयमा गर्भवती महिलाले घरबाहिर निस्कन नहुने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ ।
  • ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो मानिन्छ ।
Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago