{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592651550023","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592651549998","source":"other","origin":"gallery"}
काठमाडौं : कोरोना भाइरस (कोभिड १९) का कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपाली कामदार स्वदेश फर्किएका छन्। कोरिएन एअरको विमान केइ ९६९५ बाट उनीहरु शनिबार बिहान नेपाल आइपुगेको गैरआवासीय नेपाली संघले जनाएको छ।
सोही विमानबाट नेपालमै रोकिएका २३३ जना नेपाली कामदार कोरिया गएका छन्। कोरियाको आग्रहमा सरकारले एक हप्ताअघि नेपालमा रोकिएका कामदार कोरिया पठाउने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात नेपाली कोरिया जान थालेका छन्। केही समयअघि संघले नेपाल वायुसेवा निगममार्फत नेपालमा रोकिएका कामदार लैजाने अनुमति मागेपनि अनुमति नपाएपछि कामदार कोरिया जान पाएका थिएनन्।
गैरआवासी नेपाली संघका अनुसार बिदामा आएका बेला कोरोनाका कारण रोकिएका कामदार लैजाने क्रममा उता समस्यामा परेका नेपाली पनि आउन थालेका हुन्। कोरियास्थित नेपाली दूतावासका अनुसार समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीको संख्या नौ सय ७२ जना छ। नेपालबाट कोरिया फर्किनुपर्ने नेपालीको संख्या एक हजार तीन सय भएको गैरआवासीय संघले जनाएको थियो। यसअघि ५५ जना नेपाली कोरिया गइसकेका छन्।
कोरोनाका कारण फर्काउनै पर्ने अवस्थामा रहेका करिब २५ हजार नेपालीलाई प्राथिमकताका आधारमा फर्कारहेको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…