के हो कुशे औंसी ?

के हो कुशे औंसी ? बुवाको मुख हेर्ने दिनलाई कुशे औंसी, पित्री तीरपानी औंसी र गोकर्ण औंसी पनि भनिन्छ । बुवालाई मिठो खानेकुरा खुवाएर र उपहार दिएर यो दिन मनाइन्छ । बुवाको मुख हेर्ने दिन बुवाले गरेका त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने अवसर हो । जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका हुन्छन् । आफ्नो छोराछोरीको खुसीका लागि एउटा बाबुले यति धेरै संघर्ष गरिरहेका हुन्छन्, एक दिन मुख हेरेर त्यसको क्षतिपूर्ति हुनसक्दैन । कसरी मनाइन्छ कुशे औंसी ? बुवा नभएका व्यक्तिहरुले आफ्नो बुवाको सम्झनामा पण्डितलाई सिदा, लुगा वा आफू खुशी दान दिने गर्छन् ।

यो दिनमा प्राय काठमाडौंमा रहनेहरु आफ्नो स्वर्गिय पिताको यादमा गोकर्ण पुगेर श्राद्ध र पिन्ड दान गर्छन् । गोकर्ण पुग्न नसक्ने मानिसहरु भने पिताको नाममा घरमै र नजिकैको धार्मिक स्थलमा श्राद्ध गर्ने गर्छन् । सो दिनमा स्वर्गीय पिता छोराछोरीले दिएको दान लिनका लागि गोकर्ण आउँछन् भन्ने आम विश्वास छ । पण्डितले दान, उपहार र भेटी स्वीकारे भने ती सबै स्वर्गीय पितासम्म पुग्ने मान्यता छ । विभिन्न भाषा र संस्कृतिमा छरिएर रहेका नेपालीहरुल आआफ्नै कला संस्कृति र रितीरिवाज अनुसार बुबाको मुख हेर्ने गरेका छन् । कसैले बिहान केही नखाइकन बुवालाई ढोगेर मिठो खानेकुरा खुवाएर बुबाको मुख हेर्छन् भने कतिपयले बेलुका मनाउने गर्छन् । प्राय नेवार समुदायले कुशे औंसी बेलुका मनाउने गर्छन् । मिठो खाना, नँया लुगा, रमाइलो गर्ने सम्पुर्ण ठाउँ र संस्कुति अनुसार फरक पर्नेगर्छ । विवाहित छोरीहरु कुशे औंसीको दिन आफ्नो बुवाको लागि मिठो परिकार बनाएर, फलफुल, उपहार र सगुन लिएर बुवाको घर जाने गर्छन् । अविवाहित छोरीहरु भने घरमै स्वादिष्ट खाना बनाई बुबालाई खुसी पार्ने प्रयास गर्छन् । बुवासगैं आमालाई पनि मिठाई र उपहार दिएर यो दिनमा रमाईलो गर्ने चलन अहिले सामान्य भएको छ ।

बुवाको मुख हर्ने दिन बुवालाई मात्र सम्मान र आदर गर्ने आमालाई नगर्ने भन्ने हुँदैन । हिन्दु ग्रन्थ अनुसार कुश भन्नाले धार्मिक घाँस बुझिन्छ । औंसीको दिनमा कुश घरमा ल्याउने चलन रहेको छ र यस दिनलाई कुशे औंसी भनिन्छ । श्रीमद भागवत गीता, विष्णु पुराण, अर्थवेद र गरुढ पुराणमा कुशको महत्वको बारेमा लेखिएको छ । संस्कृतमा कुशको महत्व यसरी राखिएको छ । स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ! करौं सदर्भों कुर्वीत तथा सन्ध्याभिवादने !! पिता स्वर्गः पिता धर्मः पिता हि परमं तपः । पितरि प्रितिमापन्ने सर्वाः प्रोणन्ति देवताः ।। म र मेरो परिवारको तर्फबाट सम्पूर्ण मा कुसेऔंसी को हार्दिक मंगलमय शुभकामना I

कैलालीको गौरीगंगा नगरपालिका वडा नं ४ राजिपुर स्थायी घरभइ हाल भारतको हरिद्वारको श्री नारायणी निवास आश्रम मा बस्ने र श्री भारती संस्कृत विद्यालय मा अध्ययनरत १७ वर्षीय छात्र देवराज पुरुष I

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago