साउदीबाट १ सय ५५ नेपाली फर्किए, यूएईबाट १ सय ४८ आउँदै

संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४८ जना नेपाली आज स्वदेश फर्किँदैछन् । फर्कनेहरूमा अधिकांश महिला छन् भने विमानमा एक जना नेपालीको शवसमेत रहेको यूएईस्थीत नेपाली दूतावासका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।

नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत उनीहरू नेपाल आउन लागेका हुन् । नेपालीहरू चढेको विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा अवतरण गर्नेछ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरूमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।

आजै कुवेतबाट पनि करिब १ सय ५० को हाराहारीमा नेपालीहरू फर्कँदैछन् । उनीहरूलाई कुवेत सरकारले नै काठमाडौँसम्म          पु-याउँदैछ । कुवेतबाट आउने जहाज बिहान साढे ११ बजे काठमाडौँ अवतरण गर्नेछ । हिमालय एयरलाइन्सले पनि आज माल्दिभ्सबाट नेपालीहरूलाई स्वदेश ल्याउँदैछ भने साउदीको दमामबाट १ सय ५५ नेपाली बिहान काठमाडौँ आइपुगेका छन् । उनीहरूलाई लिएर बिहान पौने ६ बजे हिमालय एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गरेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago