साउदीबाट १ सय ५५ नेपाली फर्किए, यूएईबाट १ सय ४८ आउँदै

संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४८ जना नेपाली आज स्वदेश फर्किँदैछन् । फर्कनेहरूमा अधिकांश महिला छन् भने विमानमा एक जना नेपालीको शवसमेत रहेको यूएईस्थीत नेपाली दूतावासका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो ।

नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत उनीहरू नेपाल आउन लागेका हुन् । नेपालीहरू चढेको विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा अवतरण गर्नेछ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरूमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।

आजै कुवेतबाट पनि करिब १ सय ५० को हाराहारीमा नेपालीहरू फर्कँदैछन् । उनीहरूलाई कुवेत सरकारले नै काठमाडौँसम्म          पु-याउँदैछ । कुवेतबाट आउने जहाज बिहान साढे ११ बजे काठमाडौँ अवतरण गर्नेछ । हिमालय एयरलाइन्सले पनि आज माल्दिभ्सबाट नेपालीहरूलाई स्वदेश ल्याउँदैछ भने साउदीको दमामबाट १ सय ५५ नेपाली बिहान काठमाडौँ आइपुगेका छन् । उनीहरूलाई लिएर बिहान पौने ६ बजे हिमालय एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गरेको हो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago