गलकोट नगरमा महिलासँगको उपप्रमुख कार्यक्रम प्रभावकारी

थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले अहिलेको परिवेशमा महिलाहरु आफ्नो सीप, दक्षता वृद्धि गरि आत्मनिर्भर बन्दै सम्वृद्धिको बाटोमा लाग्नु पर्ने बताउनु भएको छ । महिला सँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख काउचाले यस्तो बताउनु भएको हो ।
महिलाहरु लाई समय सापेक्ष सीप सँग जोड्दै सीपलाई व्यवहारमा प्रस्तुत गराउने उद्देश्यले गलकोट नगरपालिकाले महिला मैत्री तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रमहरूलाई जोड दिँदै आइरहेको नगर उपप्रमुख काउचाले उल्लेख गर्नुभयो । त्यसको लागि तालिममा सिकेको कुरा व्यवहारमा उतारेर आर्थिक सम्वृद्धिको यात्रामा अगाडि बढ्न अनुरोध गर्नु भएको छ । गलकोट नगरपालिका वडा नं ७, ८ र ९ का गरी १७ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको मोर्डन टेलर्स गलकोट नगरपालिका वडा नं ९ बाँसखोलाका सञ्चालक किसान परियारले प्रशिक्षण दिनुभएको थियो । गत माघ २२ गते देखि सुरु भएको तालिम चैत ११ गते देखि सुरु भएको लक डाउनको कारण केही समय स्थगित भएको थियो । तालिममा सहभागीलाई मेसिन सहित अन्य आवश्यक सामाग्रीहरु गलकोट नगरपालिकाले उपलब्ध गराएको थियो । समापन समारोहको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य दुर्गा बहादुर मल्ल, वडा सचिव आनन्द प्रसाद शर्मा र प्रशिक्षार्थी सुनिता साहनी थापाले मन्तब्य राख्नु भएको थियो । भैरव माध्यमिक विद्यालय बासखोलामा सञ्चालन गरिएको तालिममा सिलाई, बुनाई सबन्धी कुराहरू सिकाइएको थियो । कार्यक्रमको सञ्चालन गलकोट नगरपालिकाका प्रतिनिधि मिना थापा मगरले गर्नु भएको थियो ।
bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago