९ स्थानीय तहमा संक्रमण, तानसेन नगरपालिका हालसम्म सुरक्षित

किरण कौशल, पाल्पा । पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा संक्रमणको संख्या ५६ पुगेको छ । विहिबार रिब्दीकोट गाउँपालिकाका चार जना र तिनाउ गाउँपालिकाका एक जनामा कोराना पुष्टी भएको हो । रिब्दिकोट र तिनाउ गाउँपालिकामा कोरोना पुष्टि भएसंगै पाल्पाका १० मध्य ९ स्थानीय तहमा संक्रमण देखिएको छ । हालसम्म तानसेन नगरपालिका संक्रमण देखिएको छैन ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणम २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए । सारदा मावि शान्तिचौर क्वारेन्टाइनका एक, नवज्योती प्रावि इजरडाँडा क्वारेन्टाइनका २ जना र कालिका निमावि बतासे क्वारेन्टाइनका एक जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनीहरुलाई लुम्विनी मेडिकल कलेज प्रभासको आइसुलेशन सेन्टर ल्याइने छ । तिनाउ गाउँपालिका चौबिसमाईलको कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनका १५ दिन अघि भारतबाट आएर एक पुरुष संक्रमित भएका हुन् । उनलाई तानसेन नर्सिङ्ग स्कूलको आइसोलेशन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । बुधबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक महिलामा कोरोना संक्रमण देखिएको थियो । यसअघि रम्भा गाउँपालिकामा १६, बगनासकाली गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा १४, रैनादेवी छहरा गाउँपालिकामा २, निस्दी गाउँपालिकामा ३, रामपुर नगरपालिकामा २ र पुर्वखोला गाउँपालिका २ जनामा कोरोना संक्रमण एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पाल्पाका दश स्थानीय तह मध्ये तानसेन नगरपालिकामा हालसम्म कोरोना संक्रमण देखिएको छैन । संक्रमण नदेखिएको भएपनी जोखिम भने उच्च रहेको छ । बजारमा भिडभाड बढेको छ । विभिन्न बहानामा सवारीसाधनको भिड पनि बढेको छ । सार्वजनिक सवारीसाधन बन्द हुँदा निजिसवारी साधन भिडभाड देखिन्छन् जसका कारण जोखिम बढेको छ ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago