गलकोट नगरमा महिलासँगको उपप्रमुख कार्यक्रम प्रभावकारी

२०७७, ५ असार शुक्रबार १२:५६
थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले अहिलेको परिवेशमा महिलाहरु आफ्नो सीप, दक्षता वृद्धि गरि आत्मनिर्भर बन्दै सम्वृद्धिको बाटोमा लाग्नु पर्ने बताउनु भएको छ । महिला सँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन समारोहमा बोल्दै नगर उपप्रमुख काउचाले यस्तो बताउनु भएको हो ।
महिलाहरु लाई समय सापेक्ष सीप सँग जोड्दै सीपलाई व्यवहारमा प्रस्तुत गराउने उद्देश्यले गलकोट नगरपालिकाले महिला मैत्री तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रमहरूलाई जोड दिँदै आइरहेको नगर उपप्रमुख काउचाले उल्लेख गर्नुभयो । त्यसको लागि तालिममा सिकेको कुरा व्यवहारमा उतारेर आर्थिक सम्वृद्धिको यात्रामा अगाडि बढ्न अनुरोध गर्नु भएको छ । गलकोट नगरपालिका वडा नं ७, ८ र ९ का गरी १७ जना महिलाहरुको तालिममा सहभागिता रहेको थियो । तालिमको मोर्डन टेलर्स गलकोट नगरपालिका वडा नं ९ बाँसखोलाका सञ्चालक किसान परियारले प्रशिक्षण दिनुभएको थियो । गत माघ २२ गते देखि सुरु भएको तालिम चैत ११ गते देखि सुरु भएको लक डाउनको कारण केही समय स्थगित भएको थियो । तालिममा सहभागीलाई मेसिन सहित अन्य आवश्यक सामाग्रीहरु गलकोट नगरपालिकाले उपलब्ध गराएको थियो । समापन समारोहको अवसरमा प्रशिक्षार्थीलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापा, वडा सदस्य दुर्गा बहादुर मल्ल, वडा सचिव आनन्द प्रसाद शर्मा र प्रशिक्षार्थी सुनिता साहनी थापाले मन्तब्य राख्नु भएको थियो । भैरव माध्यमिक विद्यालय बासखोलामा सञ्चालन गरिएको तालिममा सिलाई, बुनाई सबन्धी कुराहरू सिकाइएको थियो । कार्यक्रमको सञ्चालन गलकोट नगरपालिकाका प्रतिनिधि मिना थापा मगरले गर्नु भएको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु