घर-घरमा ताजा तरकारी पुर्‍याउदै तानसेन युवापरिषद

बैशाख ६, पाल्पा ।
देशैभरी लकडाउन भएपछि ताजा तरकारी उपभोग गर्न नपाएका तानसेनबासी लाई केही राहत मिल्ने भएको छ । तानसेन नगरपालिका र मदनपोखरा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा यो अवसर जुटेको हो । यसको संयोजन भने तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवापरिषद्ले गर्ने छ । शनिवार एक सूचना जारी गर्दै आइतवारबाट बिहान ९ बजेदेखि ११ बजेसम्म तरकारी लिएर टुँडिखेलबाट नारायणस्थानहुँदै शित्तलपाटी सम्म पुग्ने र नगरबासीको माग अनुसार अन्यत्र रुट बनाइ फरक फरक ठाउमा लगिने नगर युवापरिषद्का अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए । काउली प्रति किलो रु २०, बन्दा प्रति किलो रु १०, काक्रो प्रति किलो ३५ बजार मूल्य आइतवार को लागि कायम रहेको उनले बताए । ५/५ किलाेकाे प्याकेट बनाइ १०० र ५० रुपैयाँमा आफ्नाे घर अगाडि मात्र किन्न पाइने ब्यवस्था युवापरिषद्ले गरेको छ ।
आइतवारको लागि दुई गाडी ताजा तरकारी तानसेन ल्याउने तयारी भएको र सामाजिक दुरि कायम गरि बिक्री बितरण गरिने उनले अध्यक्ष आत्रेयले जानकारी दिए । युवा परिषद्को यो कार्यबाट लकडाउन को बेलामा ताजा तरकारी खान नपाएका बजारबासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago