घर-घरमा ताजा तरकारी पुर्‍याउदै तानसेन युवापरिषद

बैशाख ६, पाल्पा ।
देशैभरी लकडाउन भएपछि ताजा तरकारी उपभोग गर्न नपाएका तानसेनबासी लाई केही राहत मिल्ने भएको छ । तानसेन नगरपालिका र मदनपोखरा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा यो अवसर जुटेको हो । यसको संयोजन भने तानसेन नगरपालिकाद्वारा गठित तानसेन युवापरिषद्ले गर्ने छ । शनिवार एक सूचना जारी गर्दै आइतवारबाट बिहान ९ बजेदेखि ११ बजेसम्म तरकारी लिएर टुँडिखेलबाट नारायणस्थानहुँदै शित्तलपाटी सम्म पुग्ने र नगरबासीको माग अनुसार अन्यत्र रुट बनाइ फरक फरक ठाउमा लगिने नगर युवापरिषद्का अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए । काउली प्रति किलो रु २०, बन्दा प्रति किलो रु १०, काक्रो प्रति किलो ३५ बजार मूल्य आइतवार को लागि कायम रहेको उनले बताए । ५/५ किलाेकाे प्याकेट बनाइ १०० र ५० रुपैयाँमा आफ्नाे घर अगाडि मात्र किन्न पाइने ब्यवस्था युवापरिषद्ले गरेको छ ।
आइतवारको लागि दुई गाडी ताजा तरकारी तानसेन ल्याउने तयारी भएको र सामाजिक दुरि कायम गरि बिक्री बितरण गरिने उनले अध्यक्ष आत्रेयले जानकारी दिए । युवा परिषद्को यो कार्यबाट लकडाउन को बेलामा ताजा तरकारी खान नपाएका बजारबासीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago