स्थापना दिवसको अवसरमा नेबिसंघ द्वारा विद्यार्थीहरुलाई खाद्यान्न बितरण

सन्ताेष गहतराज, ६ बैशाख, पाल्पा ।
नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस तानसेन, पाल्पाले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरूलाई खाद्यान्न बितरण गरेको छ । कोरोना भाइरसको कारण लकडाउन भएपछी घर फर्कन नपाएका विद्यार्थीहरूलाई शनिबार दैनिक जीवन यापनमा सहज हाेस भनी राहत वितरण गरेकाे हो ।बाहिरबाट अध्ययन गर्न तानसेनमा आइ कोठा भाडामा बसेका काेराेनाकाे असरले घर फर्कन नपाउदा विद्यार्थीहरूलाई खाद्यान्न समस्या हुन लागेको थियो । शनिबार तानसेनको सित्तलपाटीमा २१ जना सडकमा मजदुरको पिडा, तानसेन नगरपालिका द्धारा उद्धार विद्यार्थीहरूलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकाे नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पसका इकाई कार्यवाहक सभापति सुवास गैरेले जानकारी दिए । विद्यार्थीहरूलाई चामल, दाल, तेल साबुन लगाएका खाद्य सामाग्री वितरण गरेकाे नेबिसंघ पाल्पाले जनाएको छ । राहत वितरण कार्यक्रमा नेपाली काङ्ग्रेस पाल्पाका सचिव झपेन्द गैरेले सरकारले अहिले अति विपन्न, एकल महिला, अपाङ्ग भएका नागरिकहरूलाई राहत बाढे पनि विद्यार्थीहरूलाई राहत वितरण नगरेकाे अवस्थामा नेविसंघ पाल्पाले विद्यार्थीहरूलाई सहयाेग गरेकाेमा धन्यवाद दिनुभयाे । त्यस्तै नेविसंघका केन्द्रीय सदस्य हरिबाेल भट्टराईले नेविसंघ सधै विद्यार्थीकाे हकहितका लागि लड्ने विद्यार्थी संगठन रहेकाे बताउदै आगामी दिनमापनि अझै सशक्त भई विद्यार्थीकाे हक हितमा लाग्ने बताउनु भयाे साथै काेठा भाडामा बस्ने जस्ले दैनिक जिवनयापन गर्न गाह्रो छ उसले ने वि संघ पाल्पालाई सम्झन पनि आग्रह गर्नुभयाे । खाद्यान्न वितरण कार्यक्रमा जिल्ला कार्यवाहक सभापति सुरेश बाेहाेरा, सचिव दिपक पाण्डे लगाएतकाे उपस्थिती रहेकाे थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago