सडकमा मजदुरको पिडा, तानसेन नगरपालिका द्धारा उद्धार

भविन्द्र गौतम, वैशाख ६, पाल्पा ।
तिन महिना अगाडी कास्कीका ठेकेदार संग सम्पर्क भई वर्दियाका ४९ वर्षिय हुकुम वहादुर कँवर एकै गाउँका १० जनाको टोली सहित कामको सिलसिलामा पोखरा पुगे । परिवारको पालनपोषणका लागी कमाउन हिँडेका उनीहरुले स्याङ्गजा र कास्कीको सिमानामा सडक मर्मत गर्ने काम पाए । ढेकेदारले लगाएको काम गर्दा सम्म खानवस्न ढेकेदारले व्यवस्था मिलाएका थिए । काम गरेको दुई महिना नवित्दै कोरोना भाईरसको विपत्ति आईलाग्यो । भाईरसको महामारी फैलिन नदिन केहीदिनमा नै लकडाउन सुरु भयो । लकडाउन केही दिनमा खुल्ने आशामा वसेका उनीहरु लकडाउन लम्विदै गएपछि विचल्लीमा परे । लकडाउनको सुरुका दिनमा खाने वस्ने व्यवस्था ठेकेदारले मिलाएका थिए ।

लकडाउनको अवघि दोस्रो चरणमा थप भएपछि भने ठेकेदार सम्पर्कमा आएनन् । कमाउन हिडेका उनीहरुलाई छिट्टै घर फर्किन मन छैन तरपनी ढेकेदार संगको सम्पर्क टुटेपछि भने घर फर्किन वाध्य भए । टोलीमा रहेका ६१ वर्षिय वृद्धले गहभरी आँशु लिदै भने “दुई महिना भन्दा धेरै सडकमा काम गरियो पैसा लिने वेलामा ठेकेदारले फोन अफ गरेका छन् हामी घर न घाटका भयौं परिवारलाई के लगेर दिने घर पुगिन्छ की पुगिदैन” तिन दिन अगाडी देखी पोखरा वाट हिंडेका उनीहरु पहिलो दिन स्याङ्गजा वजार नजिकै प्रतिक्षालयमा रात विताए । शिद्धार्थ राजमार्गकको वाटो हुदै दोस्रो दिन गल्याङ्ग आईपुगे गल्याङ्ग वजार नजिकै को प्रतिक्षालयमा वास वसेका उनिहरुलाई त्यहाका केही स्थानयिले चिउरा, चाउचाउ, विस्कुट लगाएतका खाद्धान्न सहयोग गरेर हामीेले गाडीको व्यवस्था गरिदिन्छौं भनेपछी केही आसा पलायो तर स्थानिय ले दिएको आश्वासन पुरा गर्न भने सकेनन् उनीहरु मध्येका एक जना युवा मजदुरले दुखेसो सुनाए ।

काेराेना संक्रमितकाे संख्या ३० पुग्याे, एकैदिन १४ जनामा संक्रमित
तेस्रो दिनको यात्रामा शुक्रवार साँझ पाल्पाको वर्तुङ्गमा आईपुगेका उनीहरु थकित देखिन्थे प्रहरीले वाटोमा हिडेकालाई पिट्ने गरेको समाचारमा सुनेका उनीहरु सुरक्षाकर्मी देखेपछि पिटिहाल्छन् की भन्ने डर लागेको वर्तुङ्गका स्थानिय लाई वताउदै थिए । ठेकेदारले पैसा नदिएपछि वेखर्चि भएर हिंडेका उनीहरुमा वाटोमा खान पाईन्छकी पाईदैन भन्ने चिन्ता एकातिर थियो भने लामो समय हिड्नुको पिडा अर्को थियो । स्थानीयले रोकेर केही खाद्धान्न तथा पानी दिएपछि उनीहरुलाई केही विश्राम मिल्यो । परिवार संगको निरन्तर टेलिफोन सम्पर्क पछि सुख दुख घरमा नै वसौला भन्दै परिवारले वोलाईरहेका छन् वाटोमा विरामी परिएन भने अझै ५ दिनमा त घर पुगिएला अर्का मजदुरले सुनाए ।


शुक्रवार तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही लाई  बर्तुुुङ्गका स्थानीयले सम्पर्क गरी जानकारी दिए पश्चात वर्दियाको वासगढि नगरपालिका नगर प्रमुख सालिकराम अधिकारी संग समन्वय गरी तानसेन नगरपाालिकाले आफ्नो गाडीमा राखी वुटवल सम्म पुर्‍याईदिएको छ । उनीहरु संगै स्याङ्गजा तथा पोखरा वाट हिँडेर तानसेन नगरपालिकाको सिमानामा आई पुगेका ५१ जना पैदल यात्री मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाको समन्वयमा तानसेन नगरपालिकाले गाडीको व्यवस्था गरी वुटवल सम्म पुर्‍याईदिएको छ । वुटवल वाट उनीहरुलाई रुपन्देहीका स्थानीय तहले व्यवस्था गर्नेछन् । केही लाई चिलाङ्गङदी र केही लाई चिर्तुङ्गधारा वाट गाडीमा चढाईएका मजदुरहरु दाङको घोराही र वाँकेका रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्विनारायण काफ्ले जानकारी दिए । शुक्रवार नै सर्वोच्च अदालतले न्युन वेतनका दैनिक ज्यालादारी मदुरहरु आफ्नो गन्तव्यमा जान चाहेमा निशुल्क रुपमा पुर्‍याउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago