साबुनले भाइरस कसरी नष्ट गर्छ ?

साबुनले भाइरस कसरी नष्ट गर्छ ?

कोरोनाभाइरस मात्र होइन, सबै भाइरसहरु तीन चीजको समिश्रणबाट बनेको हुन्छ : न्यूक्लेइक एसिड – जसमा भाइरसको आफ्नो ‘सन्तान उत्पादन’ गर्नका लागि आवश्यक कोड निहित आणुवंशिक पदार्थ डिएनए वा आरएनए हुन्छ; न्यूक्लेइक एसिडको सुरक्षाको लागि अवश्यक प्रोटिनबाट बनेको रक्षात्मक कवच; र प्रोटिनको कवचलाई बाहिरबाट ढाक्ने आवरण लिपिड मेम्ब्रेन (झिल्ली) । लिपिड मेम्ब्रेन भने कुनैकुनै भाइरसहरुमा मात्र पाइन्छ, जस्तै इन्फ्ल्युएन्जा भाइरस र अहिले महामारी फैलाइरहेको कोरोनाभाइरस । र, यो लिपिड मेम्ब्रेनका अणुहरुमा पनि साबुनका अणुहरु जस्तै ध्रुवीय र गैरध्रुवीय भागहरु हुन्छन् । ती अणुहरु एकअर्कासित टाँसिएर झिल्ली बनेको हुन्छ । भाइरसको भित्री पदार्थहरुलाई सुरक्षा दिने यो झिल्ली दुई तहको हुन्छ । अणुका गैरध्रुवीय पुच्छरहरु एकआपसमा टाँस्सिएर दुई तहका ध्रुवीय टाउकोहरुको बीचमा रहन्छन् । यसरी टाँस्सिएर रहेका अणुहरु सबै गैर–कोभालेन्ट बन्धनमा बाँधिएका हुन्छन् । त्यसैले भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुबीच हुने बन्धन कमजोर हुन्छ । वास्तवमा लिपिड मेम्ब्रेनको यही कमजोरीमाथि साबुनले फाइदा उठाउने हो ।

हामीले साबुन–पानीले हात धुँदा साबुनका अणुहरुको ध्रुवीय पुच्छर भाइरसको लिपिड मेम्ब्रेनका अणुहरुमा रहेको गैरध्रुवीय तहसित टाँस्सिन खोज्छन् । तर ध्रुवीय तह बाहिर हुने भएकोले साबुनका अणुहरु बाहिरी तहलाई छेडेर भित्र पस्छ । तर, साबुनका अणुहरुको टाउको भने पानीतर्फ आकर्षित हुने भएर त्यहाँ तानातानको स्थिति पैदा हुन्छ । यही तानातानको स्थितिका कारण कमजोर बन्धनमा बाँधिएर रहको भाइरसको लिपिड मेम्ब्रेन तहसनहस हुन्छ र भाइरस नष्ट हुन्छ । तर, विज्ञहरुका अनुसार यी सबै प्रक्रिया पूरा हुन कम्तिमा बीस सेकेण्ड लाग्छ । त्यही भएर साबुन–पानीले हात धुँदा कम्तिमा बीस सेकेण्ड साबुनको फिँज हातका सबै कुनाकाप्चामा पुग्ने गरी मोल्नुपर्छ ।

साबुन–पानीले हातमा भएका सम्पूर्ण भाइरसहरु नष्ट हुन्छन् नै भन्ने छैन । तर यस्तो अवस्थामा पनि साबुनका अणुहरुले चिल्लो पदार्थलाई घेरेर माइसेल बनाएजस्तै भाइरसलाई घेरेर पनि माइसेल बनाउँछ, जसकारण भाइरस र हाम्रो हातको सतहबीचको पकड तुहिन्छ । अनि हामीले हात पानीले पखाल्दा नष्ट नभएका भाइरसहरु पनि पखालिएर जान्छन् ।

साबुन–पानीको तुलनामा सानिटाइजर कति प्रभावकारी?

सानिटाइजरले पनि आधारभूत रुपमा साबुन–पानीले जसरी नै काम गर्ने हो । सानिटाइजरमा रहेको अल्कोहोलले पनि साबुन–पानीले जस्तै भाइरसको बाहिरी आवरण लिपिड मेम्ब्रेनलाई नै नष्ट गर्ने हो । तर, साबुन–पानीको तुलनामा सानिटाइजरका दुई कमजोरी छन् । पहिलो, सानिटाइजर चाँडै सुक्ने भएकोले पर्याप्त मात्रामा प्रयोग गरिएन भने एक त भाइरसको लिपिड मेम्ब्रेन नष्ट गर्नको लागि समय पर्याप्त हुँदैन, अर्को हातका सबै कुनाकाप्चामा सानिटाइजर पुग्ने सम्भावना कम हुन्छ । दोस्रो, सानिटाइजर प्रयोग गर्दा हामीले हात पानीले पखाल्दैनौँ । त्यही भएर नष्ट नभएका भाइरस हातमै टाँसिएर रहेका हुन्छन् । त्यसैले साबुन–पानी नभएको स्थितिमा सानिटाइजर प्रयोग गर्न सकिने भए पनि साबुन–पानी उपलब्ध भएको स्थितिमा भने साबुन–पानी नै प्रयोग गर्न विज्ञहरु सुझाउँछन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago