कुलिङ पिरियडको दुरुपयोग गरेपछि द्धिविधामा ओली

काठमाडौं मंसिर २१ मा बसेको नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ सम्मका लागि स्थगित गरिएपछि सो सात दिनको समयलाईनेताहरुले पार्टीको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्नकुलिङ पिरियडदिएको बताएका थिए २८ गतेको बैठकमाकमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएपछि पनि अर्को तीन दिन थपिएको थियो तर प्रधानमन्त्री केपी शर्माओलीले कुलिङ पिरियडमै अध्यादेश ल्याएर सत्ता सरकारको शक्ति प्रर्दशन गरे मंसिर ३० गते संवैधानिक परिषद सम्बन्धी अध्यादेशल्याएर पुस गतेको बैठकलाई प्रभावित पारिदिए

 

बैठकको सम्पूर्ण ध्यान पार्टीको अन्य विवाद भन्दा राष्ट्रिय मुद्धासँग सम्बन्धित रहेर अध्यादेशतर्फ मोडियो शीर्ष नेताहरुले कुलिङपिरियडमै आफ्नो आफ्नो समूहको शक्ति प्रदर्शनसमेत शुरु गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो समूहको भेला यथावतराखेर प्रचण्ड नेपाल (अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल) समूहलाई भने अध्यादेशमा छलफल गर्नकेन्द्रीत गरेका छन् पूर्व युवा संघका नेताहरुले देशभर भेला आयोजना गरिरहेको अवस्थामा स्थायी कमिटीको बैठकमा पनि अध्यादेशकेन्द्रीत बहस गराएर उनले पार्टीको विवादमा अर्को विषय थपिदिएका हुन्  जसका कारण पार्टी विवाद सहमतिभन्दा असहमतितर्फउन्मुख भयो  

२१ मंसिरमा बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदैयो अवधिमा नेताहरुबीचअनौपचारिक कुराकानी पनि गर्ने भन्ने भएको भनेका थिए तर स्थायी कमिटीको बैठक बस्ने अघिल्लो दिनसम्मको अवस्था हेर्दानेकपाका दुई अध्यक्ष तथा वरिष्ठ नेताहरु यो अवधिमा पनि सहमतिको प्रयास देखिएको थिएन यो बीचमा पार्टीका नेताहरुलेओलीलाई भेटघाट गरेका छैनन्  

पुस को बैठकमा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बन्नुपर्छ भन्ने बाहेक अन्य कुनै विषयमा प्रवेश गरेका थिएनन् पार्टी विवादकायमै रहेका बेला उनले गौतमलाई आउँदो निर्वाचनपछि  प्रधानमन्त्री बनाउने संवैधानिक परिषदको बैठकको विषयमा मात्रै कुराकानीगरेर बैठक स्थगित भएको थियो बैठकले पुस गते स्थायी कमिटीको बैठक १० गते केन्द्रीय कमिटीको बैठक तय गरेर टुंगेपनिओलीले अध्यादेश फिर्ता गर्ने विषयमा आलटाल गरिरहेका छन्  

प्रधानमन्त्रीलाई सम्वैधानिक परिषद्का अरु दुई सदस्यले साथ दिए निर्णय हुन सक्ने गरी दुई दिन अगाडि आफैंले अगाडि बढाएकोसंवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन पार्टीले दिएको निर्देशन कार्यान्वयनमा आलटाल गर्न थालेपछि प्रचण्ड नेपाल समूहनिकै सशंकित भएको

प्रधानमन्त्री ओली पार्टी निर्णय मानौं आफू कमजोर रहेको सन्देश जाने, नमानौं पार्टीले कारवाही गर्न सक्ने भयका कारण यतिबेला निकैअप्ठ्यारोमा परेका छन्

पुस मा बसेको स्थायी कमिटी बैठकले सत्तारुढ दल नेकपाभित्रको अन्तरविरोध समाधानको खोजीका लागि तत्काल सरकारले अगाडिबढाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने, अर्का अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नेपाल पक्षले संसदको विशेष अधिवेशनबोलाउन राष्ट्रपति कार्यालयमा पुर्याएको समावेदन फिर्ता लिने संवैधानिक अंगहरुको नियुक्ति सहमतिका आधारमा गर्ने भन्ने निर्णयगरेको भएपनि ओलीले बिहीबारै संवैधानिक परिषदको बैठक बोलाएर प्रचण्डलाई वालुवाटार आउन बाध्य पारेका थिए

गत बैशाख मा राजनीतिक दल सम्बन्धी अध्यादेशसँगै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि सरकारले ल्याएको थियो

तर त्यसबेला पनि पार्टी, अन्य राजनीतिक दल लगायतको चर्को विरोधपछि ओलीले चार दिन पछि १२ बैशाखमा अध्यादेश फिर्ता लिनेनिर्णय लिएका थिए तर ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकबाट अध्यादेश फिर्ता लिने अपेक्षा गरेको भए पनि उनले मन्त्रिपरिषदबैठकमा त्यो विषयमा केही कुराकानी समेत गरेका थिएनन्  

ओलीलाई अप्ठ्यारो नै परेका कारण मन्त्रिपरिषद बैठकमा कुनै धारणा नराखेको ओली निकट स्रोतले जनाएको उता उपप्रधानमन्त्रीईश्वर पोखरेलले तत्कालै अध्यादेश फिर्ता नहुने बताएर ओलीलाई उकासिरहेको स्रोतको दावी  ‘प्रचण्ड नेपाल पक्षलाई पेलेरजानुपर्छ भन्ने मनस्थितिमा रहेका पोखरेलले अध्यादेश फिर्ता नगर्न ओलीलाई दबाब दिएको बुझिन्छ’, स्रोतले भन्यो दबाब बढ्दै गएओलीले बिहीबारकै मितिमा अध्यादेश फिर्ता गर्नका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाउन सक्ने संभावना पनि उत्तिकै रहेको स्रोतकोदावी

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago