भाजपा नेताको भ्रमणले जन्मायो नेकपामा आशंका

पुस, काठमाडौं भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणले सत्तारुढ नेपालकम्युनिस्ट पार्टी (नेकपा) को उच्च नेतृत्व तहमा विभिन्न आशंकाहरु उत्पन्न भएका छन्

पछिल्लो समय नेपालको मामिलामा भाजपाको चासो बढेको चौथाइवालेको भ्रमणले पुष्टि गरेको उनी नेकपाका महासचिव तथाअर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणमा अघिल्लो साता नेपाल भ्रमणमा आएका थिए

चौथाइवालेले नेकपाका ओली निकट नेताहरु, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी(जसपा) का नेता महन्थ ठाकुर राजेन्द्र महतोलाई भेटेका थिए

सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुग्दै गरेको सडकमा राजावादीहरुको प्रर्दशन भइरहेको समयमा भाजपाको विदेश विभागकोभ्रमणले विभिन्न आशंकाहरु जन्माएको हो

पछिल्लो समय भारतका तर्फबाट उच्च अधिकारीहरुले लगातार नेपालको भ्रमण गरिरहेका छन् प्रधानमन्त्री केपी ओलीकै निमन्त्रणामाभारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल नेपाल भ्रमणमा आएका थिए त्यसपछि भारतीय सेनापति मनोज मुकुन्द नेपालभ्रमणमा आए त्यसपछि भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले नेपालको भ्रमण गरे

यी सबै भ्रमणमा प्रधानमन्त्री ओलीले आफू नेपालसँगको सम्बन्धलाई सुदृढ बनाएर अगाडि जान चाहेको सन्देश भारतलाई दिएका छन्भने भारतले पनि आफूलाई ओली सरकारसँग काम गर्न कुनै कठिनाई नभएको सन्देश दिएको

भाजपाका विदेश विभाग प्रमुखको भ्रमणलाई लिएर साउथ ब्लक असन्तुष्ट भएको पाइएको भर्खरै विदेश सचिवले भ्रमण गरेरमोदीको सन्देश दिइसकेको अवस्थामा भाजपाका नेताको अकस्मात् भ्रमणलाई उनीहरुले असहज रुपमा लिएको बुझिएको

चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिन्छन् उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ निकट नेता हुन् मोदीको हरेक विदेश भ्रमण अगाडि उनी तयारीका लागि भ्रमणमा जाने गर्दछन्

पछिल्लोपटक मोदीको काठमाडौं जनकपुर भ्रमणको पूर्वसन्ध्यामा पनि उनी नेपाल भ्रमणमा आएका थिए

यस अगाडि विदेश मामिलामा भाजपाका राम माधव सक्रिय थिए तर, उनी अहिले किनारा पारिएका छन्

चौथाइवालेको भ्रमणका बारेमा नेकपाका वरिष्ठ नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल अन्यवरिष्ठ नेताहरुलाई कुनै जानकारी थिएन उनी सत्तारुढ नेकपाका प्रधानमन्त्री ओली निकटका नेतालाई भेटेर फर्किएका थिए

समाचार स्रोतका अनुसार चौथाइवालेको भ्रमणको मुख्य उद्देश्य प्रम ओलीलाई भाजपाको पूर्णरुपमा समर्थन रहेको भनी सन्देश दिनुथियो सत्तारुढ नेकपामा सत्ता संघर्ष चलिरहेको समयमा भाजपाले सरकार ढाल्न खोजेको छैन भनी आश्वस्त पार्नु उनको भ्रमणकोउद्देश्य थियो

चौथाइवालेको भेटबारे जानकारी राख्ने एक नेताले भने, ‘उनको भ्रमणको उद्देश्य भनेको हामी ओली सरकारको निरन्तरताको पक्षमा छौंभन्ने सन्देश दिनु नै हो ती व्यक्तिले भने,‘राजनीतिक डिल हुने राजनीतिक तहमा नै हो, कर्मचारी तहमा औपचारिक विकासनिर्माणका विषयमा मात्र कुराकानी हुने हो

स्रोतका अनुसार पछिल्लो समयमा भाजपाले आफू ओली सरकारको निकट रहेको सन्देश दिएको कोभिड१९ को महामारीकाकारण दुई देशको बीचमा हवाई उडान सुरु नभइसकेको अवस्थामा उनी स्थलमार्गबाट हतारिएर नेपाल भ्रमणमा आउनुले धेरै आशंकाजन्माएको सत्तारुढ दलकै नेताको भनाइ उनी हतारिएर नेपाल भ्रमणमा आउनुपर्ने त्यस्तो कुनै ठूलो एजेन्डा पनि थिएन

त्यसैगरी उनको भ्रमणलाई राजावादीको आन्दोलनसँग पनि जोडेर हेर्ने गरिएको अहिले सत्तामा रहेका भाजपाका मन्त्रीहरुले नेपालमासंघीयता, गणतन्त्र धर्मनिरपेक्षताकै पक्षमा रहेको बताए पनि भाजपा भने नेपाललाई हिन्दु राज्य बनाउने पक्षमा रहेका छन्

नेपाल भ्रमणमा आएका चौथाइवालेको पनि पूर्वराजा ज्ञानेन्द्र अन्य संघसंस्थाहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ भाजपाका विभिन्ननेताले नेपालमा भइरहेको हिन्दु राज्य पुनस्र्थापना अभियानलाई समर्थन समेत गर्ने गरेका छन्

प्रधानमन्त्री केपी ओली भाजपाको सम्बन्ध सुमधुर हुनुका पछाडि चीन फ्याक्टर भएको नेताहरुको बुझाइ केही समय अगाडिसम्मनेकपाभित्रको विवादमा निकै सक्रिय नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले पछिल्लो समयमा तटस्थ पोजिसन लिएकी छन्

केही समय अगाडि नेकपाका उच्च नेताहरुसँगको भेटमा उनले भनेकी थिइन्, ‘नेकपाभित्र कसलाई प्रधानमन्त्री बनाउने, कसलाई पार्टीसभापति बनाउने वा जिम्मेवारी बाँडफाँट कसरी गर्ने, तपाईहरुको आन्तरिक विषय हो, तर पार्टीमा एकता भने कायम होस्

केही समय अगाडिसम्म चीन ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थियो तर, पछिल्लो समयमा उनले आफ्नोपोजिसनमा केही परिवर्तन गरेकी छन् यसले गर्दा चीनसँग ओली केही असन्तुष्ट भएको भारतसँग सम्बन्ध सुधारमा लागेको नेताहरुकोबुझाइ

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago