काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोविवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले सभामुख सापकोटाविरुद्धको मुद्धा अगाडि बढाएको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिकइजलासमा उक्त मुद्दा परेको छ ।
सभामुख सापकोटाले गत आइतबार र मंगलबार बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गरेका थिए । उनले प्रधानमन्त्री केपीशर्मा ओलीले एजेन्डाबारे छलफल नगरेको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका थिए । त्यसपछि प्रधानमन्त्री संवैधानिकपरिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायरगरेकी थिइन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…