भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित सब्जीमण्डीमा आधुनिक बधशाला सञ्चालनमा आएको छ । पशुपक्षी निर्देशनालय रनगरपालिकाको रु ५० लाखको लागतमा बधशाला निर्माण गरिएको हो । बधशालामा ५० खसी, बोका र ५०० कुखुरा एकैसाथ बध गर्नसकिने व्यवस्था गरिएको छ । कुखुरा र खसी बोका बध गर्नका लागि भवनमा अलग–अलगरूपमा व्यवस्था गरिएको छ । बधशालाकालागि निर्माण गरिएको भवनमा पशु बध गर्ने, बर्निङ गर्ने उपकरणसँगै, सफाइ गर्ने मेसिन, क्रेन, जेनेरेटरलगायत उपकरण जडान गरिएकाछन् ।
बधशाला सञ्चालनका लागि नगरपालिकाले कञ्चनपुर मण्डी व्यवसायी सङ्घसँग सम्झौता गरेको छ । “मासुको कारोवारलाईव्यवस्थित बनाउनका लागि बधशाला सञ्चालन गरेका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “नगरवासीलाई स्वच्छ, ताजा मासुकोआपूर्तिमा जोड दिनका लागि काम अगाडि बढाइएको छ ।” दुई दशकअघि बधशला निर्माणका लागि भवन निर्माण गरिएको भए पनिसञ्चालनमा भने आउन सकेको थिएन । पशु बधशाला र मासु जाँच नियमावली, २०५७ अनुसार बधशाला सञ्चालन हुनेनगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो ।
बधशाला निर्माण भएपछि अव्यवस्थितरूपमा पशुबध गर्ने कार्यको अन्त्य भएको पशु बधशाला निर्माण तथा सुधार समितिका अध्यक्षतर्कराज भट्टले बताउनुभयो । “तरकारी व्यवसायसँगै मासुका लागि पशुपन्क्षी बध गर्ने कार्यसँगसँगै हुँदा निकै समस्या थियो”, उहाँलेभन्नुभयो, “पशु बधशाला सञ्चालनमा आएपछि बजार क्षेत्रको दुर्गन्ध हटेको छ । मासुको कारोवारसमेत व्यवस्थित भएको छ ।” बधशालाको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा किसनलाल भट्ट र नगरप्रमुख सुरेन्द्र विष्टलेशनिबार उद्घाटन गर्नुभयो ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…