फोटो फाईल
कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरीनगरपालिका, बारेकोट कार्यपालिकाको बैठकबाट यो निर्णय गरेको हो भने रुकुमपश्चिमले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलेधार्मिक, परम्परागत र पर्व विशेषका मेलामा रोक लगाएको हो । बारेकोटमा रामीडाँडा, कार्कीज्यूला, सुगुरखाल मेला लाग्ने गर्दछन् ।रुकुममा घटस्थापनादेखि धार्मिक र परम्परागत मेला लाग्छन् । ती सबै मेलालाई रोक्न जिल्ला प्रशासनले सूचना जारी गरेको हो ।
सामाजिक दूरी कायम गरी सतर्कता अपनाई धार्मिक कार्य गर्न भने छुट दिइएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथगैह्रेले बताउनुभयो । “सबैतिर जमघट हुँदा कोरोना फैलने भएपछि सबैको सहमतिमा मेलामा रोक लगाइएको हो”, उहाँले भन्नुभयो, “चाडपर्व मनाउन पनि निश्चित मापदण्ड बनाएका छौँ ।”
जिल्लामा दशैँदेखि धार्मिक, परम्परागत तथा पर्व विशेषका मेला हप्तैपिच्छे लाग्छन् । डिग्रे साइकुमारी, चौतारा, चिसापानी, बेलटापु, कुनाखेत, शङ्खपिपललगायत मेला जिल्लाका ठूला मेला मानिन्छन् । प्रशासनले सूचना जारी गरेसँगै पाँच दिनसम्म लाग्ने डिग्रेमेला पनियो वर्ष नलाग्ने भएको हो । मेला भर्न देशका विभिन्न ठाउँका साथै भारतबाट पनि भक्तजन आउँछन् । डिग्रेमेला हरेक वर्ष हरिबोधनीएकादशीदेखि पूर्णिमासम्म लाग्ने गर्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…