रम्भामा गाउँपालिकाकाे अगाहाखाेलामा प्रहरी चौकीको शुभारम्ब ।

पाल्पा, कार्तिक २ । पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका वडा न ३ अगाहाखाेलामा लुम्बिनी प्रदेशका प्रहरी प्रवत्ता एस.एस.पी राजकुमार बैदवारले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका प्रहरीलाई निर्देशन दिदै शाखाकाे शनिबार एक कार्यक्रमका बीच चाैकीकाे शुभारम्भ  गर्नु भएको छ ।

कार्यक्रममा उहाले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बलता देखाउनुपर्ने बताउनुभयो । नागरिकले पनि प्रहरीलाइ सहयोग गर्नुपर्ने भन्दै एस.एस.पी बैदवारले कोरोना नियन्त्रणमा सबैले आ–आफ्नो क्षेत्रबाट कोशिस गर्नुपर्नेमा जोड दिनुभयो ।१५ जनाको दरबन्दी रहेपनि तत्कालका लागी चौकीमा असइको कमाण्डमा १० जनाको जनशति रहने बताइएको छ । चौकी स्थापनापछि रम्भा गाउँपालिकाको ताँहु, रम्भापानी, फोक्सिङकोट, झकेदी, खोकखोला, लिम्बुनीका जनताले सेवा पाउने छन् ।गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले चौकी स्थापनाले स्थानिय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले जनता र स्थानिय सरकार प्रहरीको साथमै रहने धारणा राख्नुभयो ।

कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराई, स्थानिय राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago