कल्याण आधारभुत विद्यालयकाे भवन सिलन्यास ।

सन्ताेष गहतराज , पाल्पा । पाल्पा जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ५ चाैबिस माईल स्थित कल्याण आधारभुत  विद्यालयमा पुन निर्माण प्राविधिकरणबाट विनियोजित ७२ लाख रूपैयाँ लागतकाे चारकाेठे भवन सिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले उक्त भवनको सिलान्यास गर्नु भएको हाे । काेराेना भाइरस संक्रमणकाे कारण धेरै जनभेला नगरी विधालय व्यवस्थापन समिति र कामदारहरूबीच भवन सिलान्यास कार्यक्रम सम्पन्न गरिएको हाे । उक्त सिलान्यास कार्यक्रममा प्रधान्याध्यापक सुन्दर गाहा,विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ,वडा न ५ काे वडा अध्यक्ष दल बहादुर दर्लामी र जिल्ला शिक्षा समिति सदस्य धनेन्द राज समेतको उपस्थिति रहेको थियाे  । कल्याणी अाधारभुत विधालय पहिला केराबारीमा कक्षा ५ सम्म संञ्चालनमा रहेको र विधार्थी सख्या ११ जना मा झरेकाेले मर्ज गर्ने कि अन्यत्र सारेर नया व्यवस्थापनकाे साथ संचालन गर्न शुरू गरेपछि हाल १ सय ६५ जना विद्यार्थी सख्या रहेकाे र कक्षा ८ सम्म संचालनमा रहेको छ । शिक्षक दरबन्दी जम्मा  ३ जना माग भएको   र निजि स्त्राेतबाट शिक्षक राखी संचालन गरिएको  प्र अ सुन्दर गाहाले बताउनु भयाे । कार्यक्रममा कल्याण आधारभुत विधालयमा भाैतिक व्यवस्थापन राम्रो रहेको  र शिक्षक दरबन्दी कम भए ता पनि  कक्षा ५ र ८ काे परिक्षाफल तिनाउ भरिका विधालय मध्ये उत्कृष्ट रहेकोमा गा पा अध्यक्ष ओम  बहादुर घर्ती मगरले हार्दिक धन्यवाद व्यक्त गर्नु भयाे । तिनाउ गाउँपालिका भित्र पुन निर्माण प्राविधिकरणबाट गतबर्ष ८ वटा र यश बर्ष १० वटा विधालय भवनको याेजना परेको समेत अध्यक्ष घर्ती मगरले बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago