पाल्पा टुर एण्ड ट्राभल्स द्वारा गान्धर्व टाेल विकास सस्थालाई अनुदान हस्तान्तरण ।

सन्ताेष गहतराज,पाल्पा । पछिल्लो समयमा लाेप हुन लागेकाे बाजा, बिशेष गरि गान्धर्व जाति समुदायका मानिसहरूले बजाउने सारङ्गीकाे संरक्षण,उत्पादन तथा सीप हस्तान्तरणकाे लागि पाल्पा टुर एण्ड ट्राभल्सले तानसेन वडा न ६ का गान्धर्व टाेल विकास सस्थालाई अनुदान रकम हस्तान्तरण गरेकाे छ ।

सस्थाले टाेल विकास सस्थालाई रूपैयाँ ५० हजार तीन किस्ता हस्तान्तरण गर्ने  जस्का लागि सस्थाले पहिलाे किस्ता रूपैया २० हजार हस्तान्तरण  गरेको हाे र बाकी रकम कार्य प्रगतिकाे आधारमा  हस्तान्तरण गर्ने सस्थाले जनाएको छ ।  कार्यक्रम प्रमुख अतिथि तानसेन  वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले सस्थाले जुन गन्धर्व टाेल विकास सस्थालाई सारङ्गीकाे संरक्षण,उत्पादन,तथा नयाँ युवाहरूमा सीप हस्तान्तरणकाे लागि अनुदान प्रदान गरेको छ याे काम अत्यन्त सराहनीय रहेकाे बताउदै अनुदान रकम हस्तान्तरण गरेकाेमा सस्थाका सम्पूर्ण सञ्चालन समितिलाई धन्यवाद दिनु भयाे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष महर्जन अहिले विश्व काेराेना भाइरसकाे जाेखिम परिस्थिति जुधिरहेकाे बेला जुन गान्धर्व समुदायले घरमा बसी धेरै मानिहरूकाे मासमा बस्न नपर्ने तथा स्थानीय स्तरमा  उत्पादित बस्तुबाट सारङ्गी निर्माण गर्न सक्ने हुदा काेराेनाले पनि नछेक्ने भएकोले जुन कार्य टाेल विकास सस्थाले गरेको छ त्यस्काे लागि धन्यवाद दिनै याे सारङ्गीकाे उत्पादन तथा नयाँ पिढीहरू सीप हस्तान्तरण कार्यले नागरिकहरूलाई आर्थिक  रूपमा सबल बनाउन सहयाेग गर्ने पनि बताउनु भयाे   । यस्तै टाेल विकास सस्थाका नागरिकहरूलाई अब सस्थाले सारङ्गीकाे उत्पादन गरि पाल्पा चिनारीकाे रूपमा विकास गर्न पनि आग्रह  गर्नु त्यस्का लागि वडा कार्यालयले गर्नु पर्ने सहयाेग पनि गर्ने बताउनुभयो ।  कार्यक्रममा गान्धर्व टाेल विकास सस्थाका अध्यक्ष दिनेश गान्धर्वकाे अहिले गान्धर्व टाेल विकास सस्थाले लाेप हुन लागेको गान्धर्व समुदायमा प्रचलित  सारङ्गी लाेप हुने अबस्थामा पुगेकाेले यस्काे संरक्षण ,उत्पादन तथा नया पिढीहरू सीप हस्तान्तरण लागि र काेराेनाकाे विषम परिस्थितिमा खाली समयकाे सदुपयाेग गर्दै गान्धर्व जातीका नागरिकहरूलाई स्वराेजगार बनाउनका लागि याे कार्यक्रम अगाडि बढाएको बताउनु भयाे । कार्यक्रममा सस्थाका सञ्चालन समितिहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम पाल्पा टुर एण्ड ट्राभल्सका अध्यक्ष सविन मल्लकाे अध्यक्षतामा सम्पन्न भएको  थियाे ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago