पाल्पा टुर एण्ड ट्राभल्स द्वारा गान्धर्व टाेल विकास सस्थालाई अनुदान हस्तान्तरण ।

सन्ताेष गहतराज,पाल्पा । पछिल्लो समयमा लाेप हुन लागेकाे बाजा, बिशेष गरि गान्धर्व जाति समुदायका मानिसहरूले बजाउने सारङ्गीकाे संरक्षण,उत्पादन तथा सीप हस्तान्तरणकाे लागि पाल्पा टुर एण्ड ट्राभल्सले तानसेन वडा न ६ का गान्धर्व टाेल विकास सस्थालाई अनुदान रकम हस्तान्तरण गरेकाे छ ।

सस्थाले टाेल विकास सस्थालाई रूपैयाँ ५० हजार तीन किस्ता हस्तान्तरण गर्ने  जस्का लागि सस्थाले पहिलाे किस्ता रूपैया २० हजार हस्तान्तरण  गरेको हाे र बाकी रकम कार्य प्रगतिकाे आधारमा  हस्तान्तरण गर्ने सस्थाले जनाएको छ ।  कार्यक्रम प्रमुख अतिथि तानसेन  वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले सस्थाले जुन गन्धर्व टाेल विकास सस्थालाई सारङ्गीकाे संरक्षण,उत्पादन,तथा नयाँ युवाहरूमा सीप हस्तान्तरणकाे लागि अनुदान प्रदान गरेको छ याे काम अत्यन्त सराहनीय रहेकाे बताउदै अनुदान रकम हस्तान्तरण गरेकाेमा सस्थाका सम्पूर्ण सञ्चालन समितिलाई धन्यवाद दिनु भयाे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष महर्जन अहिले विश्व काेराेना भाइरसकाे जाेखिम परिस्थिति जुधिरहेकाे बेला जुन गान्धर्व समुदायले घरमा बसी धेरै मानिहरूकाे मासमा बस्न नपर्ने तथा स्थानीय स्तरमा  उत्पादित बस्तुबाट सारङ्गी निर्माण गर्न सक्ने हुदा काेराेनाले पनि नछेक्ने भएकोले जुन कार्य टाेल विकास सस्थाले गरेको छ त्यस्काे लागि धन्यवाद दिनै याे सारङ्गीकाे उत्पादन तथा नयाँ पिढीहरू सीप हस्तान्तरण कार्यले नागरिकहरूलाई आर्थिक  रूपमा सबल बनाउन सहयाेग गर्ने पनि बताउनु भयाे   । यस्तै टाेल विकास सस्थाका नागरिकहरूलाई अब सस्थाले सारङ्गीकाे उत्पादन गरि पाल्पा चिनारीकाे रूपमा विकास गर्न पनि आग्रह  गर्नु त्यस्का लागि वडा कार्यालयले गर्नु पर्ने सहयाेग पनि गर्ने बताउनुभयो ।  कार्यक्रममा गान्धर्व टाेल विकास सस्थाका अध्यक्ष दिनेश गान्धर्वकाे अहिले गान्धर्व टाेल विकास सस्थाले लाेप हुन लागेको गान्धर्व समुदायमा प्रचलित  सारङ्गी लाेप हुने अबस्थामा पुगेकाेले यस्काे संरक्षण ,उत्पादन तथा नया पिढीहरू सीप हस्तान्तरण लागि र काेराेनाकाे विषम परिस्थितिमा खाली समयकाे सदुपयाेग गर्दै गान्धर्व जातीका नागरिकहरूलाई स्वराेजगार बनाउनका लागि याे कार्यक्रम अगाडि बढाएको बताउनु भयाे । कार्यक्रममा सस्थाका सञ्चालन समितिहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम पाल्पा टुर एण्ड ट्राभल्सका अध्यक्ष सविन मल्लकाे अध्यक्षतामा सम्पन्न भएको  थियाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago