९ स्थानीय तहमा संक्रमण, तानसेन नगरपालिका हालसम्म सुरक्षित

किरण कौशल, पाल्पा । पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा संक्रमणको संख्या ५६ पुगेको छ । विहिबार रिब्दीकोट गाउँपालिकाका चार जना र तिनाउ गाउँपालिकाका एक जनामा कोराना पुष्टी भएको हो । रिब्दिकोट र तिनाउ गाउँपालिकामा कोरोना पुष्टि भएसंगै पाल्पाका १० मध्य ९ स्थानीय तहमा संक्रमण देखिएको छ । हालसम्म तानसेन नगरपालिका संक्रमण देखिएको छैन ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणम २३ वर्षदेखि ५५ वर्ष उमेर समूहका पुरुष रहेका छन् । रिब्दीकोट गाउँपालिकाका ४ जना संक्रमित जेठ १५ गते भारतबाट आएका थिए । सारदा मावि शान्तिचौर क्वारेन्टाइनका एक, नवज्योती प्रावि इजरडाँडा क्वारेन्टाइनका २ जना र कालिका निमावि बतासे क्वारेन्टाइनका एक जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनीहरुलाई लुम्विनी मेडिकल कलेज प्रभासको आइसुलेशन सेन्टर ल्याइने छ । तिनाउ गाउँपालिका चौबिसमाईलको कल्याणी आधारभूत विद्यालयको क्वारेन्टाइनका १५ दिन अघि भारतबाट आएर एक पुरुष संक्रमित भएका हुन् । उनलाई तानसेन नर्सिङ्ग स्कूलको आइसोलेशन सेन्टरमा पठाइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए । बुधबार लुम्बिनी मेडिकल कलेजमा उपचाररत अर्घाखाँचीका एक महिलामा कोरोना संक्रमण देखिएको थियो । यसअघि रम्भा गाउँपालिकामा १६, बगनासकाली गाउँपालिकामा एक, माथागढी गाउँपालिकामा १४, रैनादेवी छहरा गाउँपालिकामा २, निस्दी गाउँपालिकामा ३, रामपुर नगरपालिकामा २ र पुर्वखोला गाउँपालिका २ जनामा कोरोना संक्रमण एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पाल्पाका दश स्थानीय तह मध्ये तानसेन नगरपालिकामा हालसम्म कोरोना संक्रमण देखिएको छैन । संक्रमण नदेखिएको भएपनी जोखिम भने उच्च रहेको छ । बजारमा भिडभाड बढेको छ । विभिन्न बहानामा सवारीसाधनको भिड पनि बढेको छ । सार्वजनिक सवारीसाधन बन्द हुँदा निजिसवारी साधन भिडभाड देखिन्छन् जसका कारण जोखिम बढेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago