किरण कौशल, पाल्पा । पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा संक्रमणको संख्या ५६ पुगेको छ । विहिबार रिब्दीकोट गाउँपालिकाका चार जना र तिनाउ गाउँपालिकाका एक जनामा कोराना पुष्टी भएको हो । रिब्दिकोट र तिनाउ गाउँपालिकामा कोरोना पुष्टि भएसंगै पाल्पाका १० मध्य ९ स्थानीय तहमा संक्रमण देखिएको छ । हालसम्म तानसेन नगरपालिका संक्रमण देखिएको छैन ।
पाल्पाका दश स्थानीय तह मध्ये तानसेन नगरपालिकामा हालसम्म कोरोना संक्रमण देखिएको छैन । संक्रमण नदेखिएको भएपनी जोखिम भने उच्च रहेको छ । बजारमा भिडभाड बढेको छ । विभिन्न बहानामा सवारीसाधनको भिड पनि बढेको छ । सार्वजनिक सवारीसाधन बन्द हुँदा निजिसवारी साधन भिडभाड देखिन्छन् जसका कारण जोखिम बढेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…