सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे तानसेन नगरपालिका वडा न २ ले लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिवीकाे पार्जन गर्ने नागरिकहरूलाई राेजगारी प्रदान गरेको छ । वडाले वडा भित्रका विपन्न नागरिक तथा काेठाभाडामा बस्ने नागरिकहरूलाई दैनिक जीविकाे पार्जन गर्न सहयाेग हाेस भनी वडाकाे विकास निर्माण कार्य गर्न राेजगारी दिएको हाे ।
वडा अध्यक्ष बरूण रेग्मीले वडा न २ ले राेजगारीका लागि फाराम खुलाएको र त्यस मध्ये ३९ जनालाई नागरिकहरूलाई छनाेट गरी उनिहरूकाे दैनिक जीवनयापन सहज हाेस भनी वडाबाट २ लाख बजेट छुट्याएर नाली सरसफाइ,अमर नारायण फुलबारी सरसफाइ तथा एतिहासिक नारायण स्थानकाे पाेखरी सरसफाइ गर्न नागरिकहरूलाई राेजगारी प्रदान गरेको बताउनु भयाे । वडा सदस्य शान्ती झेडीले तानसेन वडा न २ ले विपन्न घरपरिवारलाई पहिलो र दाेस्त्राे चरणमा राहत प्रदान गरेकाे बताउदै लकडाउन थपिए सँगै वडा भित्रका दैनिक ज्याला मजदुरी गरि जीवनयापन गर्न समस्या परेका घरपरिवारलाई दैनिक जीवनयापनमा सहज हाेस भनी राेजगारी प्रदान गरेकाे बताउनु भयाे ।
वडा न २ काे बढिज्ञानटाेलमा काेठा भाडामा बस्ने मिठ्ठु नेपालीले याे भन्दा अगाडि हाेटलमा काम गर्नु हुन्थाे । लकडाउन भए सँगै हाेटल पनि बन्द भयाे । त्यस पछि दैनिक जीवन यापन गर्न बठिन भएको बताउदै अहिले वडा कार्यालले राेजगार प्रदान गरेकाेले अाफुलाई धेरै राहत प्रदान भएको बताउनु भयाे । अहिले वडाबासी नागरिकहरूले लकडाउन लम्बिए सँगै दैनिक जीवनयापन गर्न कठिन भएको समयमा राेजगारी पाए पछि खुशी भएका छन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…