{"subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592219785554","source":"other","origin":"gallery","source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592482178864"}
कर्णालीमा -बिहीबार १२० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणबाट सुर्खेत र दैलेखका १२० जनामा कोरोना पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दैलेखको महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका-१, चामुण्डा विन्द्रासैनी नगरपालिका-६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिलासहित ५२ जना रहेका छन् ।
सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चाैकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।
योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२२४ पुगेको छ । जसमध्ये बिहीबारसम्म ५०५ जना डिस्चार्ज भएका छन् ।
बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जना, दैलेखको महाबुबाट एकजना, सुर्खेतको सालकोटबाट ३ जना, सिम्ताबाट एकजना गरी ११ जना डिस्चार्ज भएका छन् ।
कर्णालीमा हालसम्मा ४ जनाको मृत्यु भइसकेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…