एकैदिन ६७१ जनामा कोरोना संक्रमण कुल संख्या ७ हजार ८४८ पुगेको छ ।

काठमाडौँ-आज एकैदिन ६७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको छ ।

आज संक्रमण पुष्टि भएकाहरुमा झापा २, मोरङ १, अछाम ४४, बैतडी २५, बाजुरा ४१, भक्तपुर ३, डडेलधुरा ८४, कैलाली २१, कपिलवस्तु १७, काठमाण्डौं २, नुवाकोट २, रौतहट ३४, रुपन्देही ३, सर्लाही ३, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासी १, महोत्तरी १, सिन्धुली १, पर्वत ९, चितवन १, नवलपरासी पूर्व ३१, रहनु भएको छ ।

त्यस्तै धनुषा ४९, बागलुंग १, मनाङ १, स्याङजा ९, तनहु १५, गोर्खा ११, गुल्मी ३, पाल्पा ६, रुपन्देही ९, रोल्पा १, नवलपरासी पश्चिम १, अर्घाखाँची ९७, बाँके ३, बर्दिया ३, कैलाली १, दैलेख ८७, दाङ ४, सुर्खेत ३४, बझाङ २, कञ्चनपुर २, कैलाली १, डोटी ५ लगायत रहनु भएको छ ।
गत २४ घण्टामा १९ जना ब्यक्ति निको भएर घर फर्कदा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या १ हजार १८६ पुगेको छ ।

गत २४ घण्टामा ५ हजार ७४६ वटा पीसीआरका परीक्षण हुँदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ५५ हजार ५१८ पुगको छ ।

कैलालीमा निधन भएका २ जनामा कोरोना पुष्टि :

नेपालमा आज थप एक जनाको कोरोनाको संक्रमण पछि मृत्यु भएको छ । कैलालीको गा्दावरीका ४६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिकाकी ४३ बर्षीय महिलाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
योसंगै नेपालमा कोरोनाका कराण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

नेपालका ७४ जिल्लामा फैलियो कोरोना :

आज हिमाली जिल्ला मनाङमा समेत कोरोनाको संक्रमण पुष्टि भएसंगै नेपालमा ७४ जिल्लामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३ जिल्लाहरु प्रदेश नं १ को ओखलढुंगा, बागमतीको रसुवा र गण्डकी प्रदेशको मुस्ताङमा कोरोनाको संक्रमण अहिले सम्म देखिएको छैन् ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago