कर्णालीमा थप १२० कोरोना संक्रमित, दैलेखका ८६ जना सुर्खेतका ३४ जना

कर्णालीमा -बिहीबार १२० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणबाट सुर्खेत र दैलेखका १२० जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखका ८६ जना र सुर्खेतका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखको महाबु गाउँपालिका वडानम्बर २, ३, ४, ५ र ६, भैरवी गाउँपालिका-१, चामुण्डा विन्द्रासैनी नगरपालिका-६, दुल्लु नगरपालिका वडानम्बर ३ र ५ र गुराँसे गाउँपालिकाका १ र ५ वडामा संक्रमित भेटिएका हुन् । महाबुको वडा नम्बर २ का मात्रै एक बालक र ४ महिलासहित ५२ जना रहेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चाैकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा संक्रमित भेटिएका छन् ।

योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या १२२४ पुगेको छ । जसमध्ये बिहीबारसम्म ५०५ जना डिस्चार्ज भएका छन् ।

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट ६ जना, दैलेखको महाबुबाट एकजना, सुर्खेतको सालकोटबाट ३ जना, सिम्ताबाट एकजना गरी ११ जना डिस्चार्ज भएका छन् ।

कर्णालीमा हालसम्मा ४ जनाको मृत्यु भइसकेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago